काठमाडौं । कतारमा जारी विश्वकपमा केही टोली अन्तिम १६ मा पुगिसकेका छन् भने केही टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यस्तै आज विश्वकपमा समूह चरणका दुई खेल हुँदैछन् भने राति १२ बजेपछि अरू दुई खेल हुँदैछन्।
आज राति ९:४५ मा समूह ‘एफु का चार टोली भिड्दैछन्। बेल्जियमले क्रोएसियाको सामना गर्दैछ भने क्यानडाले मोरक्कोको सामना गर्नेछ।
यो समूहमा हाल क्रोएसिया समूहको शीर्ष स्थानमा छ भने मोरक्को दोस्रो स्थानमा छ। बेल्जियम एक खेलमा हार व्यहोर्दै तेस्रो स्थानमा हुँदा क्यानडा जितविहीन हुँदै समूहको अन्तिममा छ।
यस्तै रातिको १२ बजेपछि पनि दुई खेल हुँदैछन्। एकै समय (१२:४५) मा जापानविरुद्ध स्पेन र कोस्टारिकाविरुद्ध जर्मनी भिड्नेछन्।
यो समूह ‘ई’ मा हाल अंकतालिकामा स्पेन एक जित र एक बराबरीसहित शीर्ष स्थानमा छ। यस्तै जापान एक जित र एक हारसहित दोस्रो स्थानमा छ।













