• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

रोनाल्डोको एक गल्तीले नकआउट चरणमा पुग्यो दक्षिण कोरिया

  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

काठमाडौं– दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलले नै दक्षिण कोरियालाई जित दिलायो । जनोब रंगशालामा भएको खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गर्यो । जसले कोरियालाई विश्वकप २०२२ को नकआउट चरणमा पुर्‍यायो ।

अल जनोबमा खेल सकिएसँगै एजुकेसन सिटीमा कोरियन खेलाडीहरूले अँगालो हाल्दैमा खुसी मनाए । १२ वर्षपछि नकआउट चरणमा पुगेको खुसीयालीमा कोरियन खेलाडी झन्डै दस मिनेट मैदान घुम्दै समर्थक अगाडि पुगेर रमाएका थिए ।

सहआयोजक छँदा सन् २००२ मा स्पेन र इटालीलाई पनि पराजित गर्दै सनसनीपूर्ण रूपमा विश्वकपको सेमिफाइनल पुगेको दक्षिण कोरियाले दक्षिण अफ्रिका (२०१०) यता पहिलोपल्ट समूह चरण पार गरेको हो । ब्राजिल (२०१४) र रुस (२०१८) को संस्करणमा कोरिया समूह चरणबाटै बाहिरिएको थियो ।

उरुग्वेविरुद्ध गोलरहित खेलेपछि घानाविरुद्ध रोमाञ्चक खेल ३–२ ले हारेको कोरियाले यसअघि नै अन्तिम १६ को यात्रा पक्का गरिसकेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलविरुद्ध समूहको अन्तिम खेल खेल्ने भएपछि कतारमा पनि उसको चुनौती चाँडै सकिने अनुमान गरिएको थियो ।

रिकार्डो होर्ताले विश्वकप डेब्युको पाँचौं मिनेटमै गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो । किम योङ–ग्वोनले २७ औं मिनेटमा कोरियालाई बराबरीमा फर्काए । ब्रुनो फर्नान्डेजसहित केही स्टार खेलाडीलाई आराम दिएको पोर्चुगलले थुप्रै अवसर उपयोग गर्न सकेन । कोरियाले भने संघर्ष जारी राख्यो । र, ह्वाङको निर्णायक गोलमा २–१ को जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गर्‍यो ।

ठीक उही समयमा भएको खेलमा घानालाई उरुग्वेविरुद्ध बराबरीले पनि अन्तिम १६ मा पुर्‍याउने थियो । कप्तान आन्द्रे आयेब पहिलो हाफमा पाएको पेनाल्टीमा चुकेपछि घानालाई गाह्रो भएको थियो । त्यसपछि गियोरगियन डी आरासकाएटाले २६ र ३२ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए । तर, सन् १९३० र १९५० को विश्वकप जितेको टिमलाई नकआउटमा पुर्‍याउन त्यो स्कोर पर्याप्त भएन । थप एक गोल गरेको भए समीकरणको पटकथा उरुग्वेकै पक्षमा कोरिने थियो ।

कोरिया नकआउटमा पुग्नुमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको ठूलो हात छ। रोनाल्डोले गरेको एक गल्तीकै कारण कोरियाले कम्ब्याक गरेको हो। गए राति भएको खेलमा वास्तवमै कोरियाको जितमा क्रिष्टियानो रोनाल्डोको योगदान थियो। खेलको सुरुवातमै कोरिया १ गोलले पछि परेको थियो।

तर २७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्काउन सफल भयो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङग्वनले गोलमा परिणत गरेका थिए। कर्नर बललाई रोनाल्डो क्लियर गर्नबाट चुकेका थिए।

१२ वर्षअघि लुइस स्वारेजले गोल नजिक पुगेको बल हातले रोकपछि पाएको पेनाल्टीमा असमोह जियान गोल गर्न चुकेका थिए, जसले घानालाई सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बन्नबाट रोकेको थियो । यसपाली अन्तिम १६ प्रवेशको होडमा पनि घानाले उस्तै असफलता बेहोर्‍यो । सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा उरुग्वेसँग हारेयता घानाको चुनौती समूह चरणमै समाप्त हुँदै आएको छ ।

कोरिया र उरुग्वेले ४–४ अंक बनाए । तर, धेरै गोल गरेको आधारमा कोरिया समूह एच उपविजेता भएर नकआउट चरणमा छनोट भएको हो । १२ वर्षअघि सेमिफाइनल पुगेको उरुग्वे त्यसयता पहिलोपल्ट समूह चरणबाटै बाहिरिएको हो।

  • विश्वकप फुटबल
शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
एनपीएलको तेस्रो संस्करण आजदेखि
आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
पत्रकार तथा समाजसेवी रावलद्वारा १५ खेलाडीलाई स्पोर्ट्स ड्रेस वितरण
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

समाचार

सबै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.