• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

नेपालको उसु खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने सम्भावना

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गरेको मन्त्रीस्तरीय निर्णयको पालना गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल उसु महासंघलाई पुष ५ गते विघटन गरेको थियो ।

राखेपका उपाध्यक्ष शिव कोईराला (ज्वाला) को संयोजकत्वमा गठित विवाद समस्या समाधान समितिको सिफारिसमा कार्तिक २४ गते मन्त्रीस्तरीय निर्णय गर्दै तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन गर्नेगरि नेपाल उसु महासंघको विघटन गरिएको हो ।

नेपाल उसु महासंघको विघटनसँगै राखेपले जनक बर्तौलाको अध्यक्षतामा २२ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । नेपाल उसु महासंघको विधान अनुसार २२ सदस्यीय तदर्थ समिति गठन गर्न मिल्दैन, यस्तो गरे आफैमा गैरकानुनी र अवैधानिक ठहरिन्छ ।

नेपाल उसु महासंघको कार्यसमिति या तदर्थ समिति गठन गर्दा विजोेड अङ्कमा गरिने प्रावधान रहेको छ । जुन कुरा उसु महासंघको विधानमा प्रस्टरुपमा उल्लेख छ । यहि नियमको पालना गर्दै उसु महासंघले १७, १९, २१, र २९ जनासम्मको कार्यसमित बनाउदै आएको छ ।

साथै जनक वर्तौलाको अध्यक्षतामा गठन गरिएको र राखेप ६२२–०७९ मा दर्ता गरिएको राखेपको पत्रमा नेपाल उसु महासंघ विघटन गरेर तदर्थ समिति गठन गरेको मिति समेत उल्लेख गरिएको छैन् । उक्त पत्रमा राखेपको कुन पदाधिकारीले हस्ताक्षर गरेको हो त्यसको नाम समेत खुलाइएको छैन् । पत्रमा केवल हस्ताक्षर मात्रै देखिएको छ ।

त्यस्तै अर्को महत्वपूर्ण कुरा, नेपाल उसु महासंघको विधानमा उप–महासचिवको व्यवस्था छैन् । तर राखेपले गठन गरेको तदर्थ समितिमा भने उप–महासचिव राखेर विधानकै खिल्ली उडाउने कार्य भएको छ। हालै गठन गरिएको तदर्थ समितिमा राजीव महर्जनलाई उप–महासचिवको जिम्मेवारी दिइएको छ ।

यसरी हचुवाको भरमा खेलकुदमन्त्री गहतराज र राखेपका उपाध्यक्ष कोईरालाको विशेष जोडमा नेपाल उसु महासंघको विघटन गरिएको प्रस्टरुपमा देखिन्छ । राखेपका अध्यक्ष र उपाध्यक्षको मिलोमतोमा जनक बर्तौलालाई उसु महासंघको अध्यक्ष बनाउन यस्तो प्रपञ्च रचिएको बुझिन आएको छ ।

विना कारण, नियम कानुन विपरित व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि नेपाल उसु महासंघलाई विघटन गरिएपछि उसु खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने प्रबल सम्भावना बढेर गएको छ । वर्तमान अवस्थामा नेपाल उसु महासंघ राष्ट्रिय खेलकुद विकास ऐन, २०७७, अन्तर्राष्ट्रिय उसु महासंघ र एशियन उसु महासंघको पूर्ण मान्यता अनुशार चल्दै आएको थियो ।

तर एक्कासी राखेपले मन्त्रीस्तरीय निर्णय भन्दै नेपाल उसु महासंघलाई विघटन गर्दै तदर्थ समित गठन गरेपछि अहिले विवाद उत्पन्न भएको छ । राखेपले नेपाल उसु महासंघलाई विघटन गरेपछि यसको नकरात्मक प्रभाव अन्तर्राष्ट्रियस्तर पर्ने देखिन्छ । जसले उसु खेललाई मात्र विवादमा नतानी खेलाडीहरुको भविष्यमा समेत अन्योलता उत्पन्न गराईदिएको छ ।

तसर्थ राखेपको यस्तो गैरजिम्मेवार र नियम विपरित कदमले यतिबेला उसु खेलको भविष्य नै धरापमा पर्ने संकेत देखिएको छ । व्यक्तिगत स्वार्थसिद्ध गर्न चालेको यो कदमले भोलि नेपालको उसु खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्यो भने अन्यथा मानिने छैन ।

हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बीरवहादुर तामाङ अध्यक्ष रहेको नेपाल उसु महासंघलाई राखेपले पत्राचार गर्दै उसु खेलको सञ्चालन गरेको थियो । उसु खेल सञ्चालन गर्न उपाध्यक्ष दधिराम सिटौलाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो । नवौं राष्ट्रियमा उसु खेलको उद्घाटन खुद राखेपका सदस्यसचिव टंकलाल घिसिङ्गले गरेका थिए । मेरो खेल

  • उसु खेल
  • प्रतिबन्ध
सोमबार, पुष ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
एनपीएलको तेस्रो संस्करण आजदेखि
आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
पत्रकार तथा समाजसेवी रावलद्वारा १५ खेलाडीलाई स्पोर्ट्स ड्रेस वितरण
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

समाचार

सबै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.