बैतडी- बैतडीमा पुस २७ गतेदेखि प्रथम खुला नेपाल इन्डो टी(२० क्रिकेट प्रतियोगिता हुने भएको छ। पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोली सहभागी हुनेछन्।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार‚ उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।
यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद १ हजार पाँच सय, बेस्ट बलरलाई नगद १ हजार पाँच, बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ पुरस्कार दिइनेछ।













