काठमाडौँ – साताको चौथो दिन बुधबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ पुगेको छ । तेजाबी सुन १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँ निर्धारण गरिएको छ ।













