काठमाडौं- सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै मेघ गर्जनसहित पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण रातिदेखि नै सुदूरपश्चिम र कर्णालीको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको मौमसविद् समीर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज दिनभरि नै यी दुई प्रदेशको मौसम बद्ली हुने अनुमान छ । पानी भने दिनभरि नपर्ने उनले बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएराति पश्चिमी वायु प्रवेश गरेको थियो ।
यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रको मौसम पनि बेलुकीपख बद्ली भइ एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । अहिले सुदूरपश्चिम र कर्णाली बाहेकका प्रदेशको मौसम सामान्यतया सफा छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ ।














