बझाङ- बझाङमा आजै दुई पटक ठूला भूकम्प र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पछि पनि पराकम्प आइरहेको छ । उनले ४ बजेर १० मिनेटसम्मको अवधिमा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए ।
‘‘जयपृथ्वी लोकमार्गको कचली खोलामा माथिबाट धुले पहिरो खसेर सडक अवरुद्ध भएको छ, हामी बसेको जमिन हल्लिइरहेको छ, उद्धारका लागि हामी तयारी अवस्था मै छौं,’’ प्रजिअ पाण्डेयले भने। उनले त्यसो भने पनि घर भत्किएका तस्बिर प्राप्त हुन थालेका छन् ।
आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको हो । आज मङ्गलबार दिउँसो ३।०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा। लोकविजय अधिकारीले बताए ।
यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५।३ रेक्टरस्केलको भूकम्प एको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।
















