बझाङ- बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा दिइएको छ। भूकम्प गएपछि गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ।
अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्। मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा घरहरू भत्किएको छ। कपाली खोलामा पहिलो जाँदा जयपृथ्वि राजमार्ग अवरुद्ध भएको छ।













