धनगढी- सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल–३ मा सह-प्रायोजकका रुपमा धनगढीको समैजी अफसेट प्रेस पनि जोडिएको छ ।
एसईई आईडल–३ आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश बहादुर छेडाल र समैजी अफसेट प्रेसका संचालक धर्मसिंह साउँदका बिचमा आज (मंगलबार) प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर भएको हो ।
यस प्रतियोगिताले सुपका कुना कन्धराका प्रतिभाको खोजी गरेर सबैका सामु पस्ने विश्वास व्यक्त गरे । सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा आयोजना अडिसनहरुमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।
असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।
दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।













