धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट बझाङको भूकम्प पीडित क्षेत्रको स्थलगत अनुगमनमा निस्केका छन् ।
धनगढीबाट आज (बिहीबार) बिहान मुख्यमन्त्री शाह र कानुन मन्त्री भट्ट भूकम्प पीडितको अवस्था, क्षति भएका भौतिक संरचनाको अवलोकन जिल्लास्थित राहत तथा उदारमा खटिएका निकायहरू र स्थानीय तह सँग छलफलका लागि स्थलगत अनुगमनका निस्केका हुन् ।
अनुगमनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, काँग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनार र नेपाल पत्रकार महासंघ कैलालीका शाखाका अध्यक्ष हिमालय जोशीलगायत छन् ।
मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५।३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
















