• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बझाङमा तत्काल उद्धार र राहत सामग्रीको खाँचो छ : रवि लामिछाने

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित

काठमाडौं- स्वतन्त्र पार्टीका सभापति भूकम्प प्रभावित बझाङको जयपुथ्वी नगरपालिका पुगेका छन्। बुधबार राति जयपृथ्वी पुगेका उनले राति नै भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका छन्।

‘भूकम्प प्रभावित बझाङलाई तत्काल राहत र पुनःस्थापनाको खाँचो छ,’ उनले  भने, ‘म हिजै राति भूकम्प प्रभावितहरू राखिएका केही कभर्ड हलमा पुगें। यहाँको अवस्था एकदमै नाजुक छ। निरन्तर परकम्प गइरहेकाले उहाँहरू त्रासमा हुनुहुन्छ।’

उनले बझाङमा अझै केन्द्र सरकारको ध्यान नपुगेको बताए। प्रभावितहरू राहत र पुनःस्थापनाको पर्खाइमा रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने बताए।

‘यत्ति नै क्षति काठमाडौंमा भएको भए सबैको ध्यान तान्थ्यो। बझाङमा सहायता पुगेको छैन। सुदूरपश्चिमकै ठूलो जिल्ला भएकाले सबैतिर म पनि पुग्न भ्याएको छैन। जहाँजहाँ पुगें, बस्न मिल्ने घर एउटै छैन। सबै चर्किएका छन्। परकम्प गइरहेको छ,’ उनले भने। सभापति लामिछानेले ४० वटा टेन्ट र केही राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको बताए।

‘स्लुक–कलेज चर्किएका छन्। स्वास्थ्य संस्था र प्रहरी चौकीसमेत चर्किएको देखें। सीमित स्रोत र साधनका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘यसमा ध्यान पुगोस्।’

सभापति लामिछानेले प्रहरीसँग सवारी साधन र विपद् उद्धारका लागि चाहिने बन्दोवस्तीका सामग्रीहरू पनि नभएको बताए। बझाङका जयपृथ्वी नगरपालिका, मष्टा, थलारा र खप्तडछान्ना गाउँपालिका भूकम्पबाट बढी प्रभावित छन्।

मंगलबार बझाङमा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको र सय जना घाइते भएको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले जानकारी दिए।

त्रिपाल, कम्बल लगायतको अभावमा प्रभावितहरूलाई वैकल्पिक बासस्थानको प्रबन्ध गर्न नसकिएको उनले बताए। गाउँपालिकाका ८० प्रतिशत घरहरू चर्किएका छन् भने १० प्रतिशतभन्दा बढी बस्नै नमिल्ने भएको बोहोराले बताए।

‘मष्टा गाउँपालिका नै सबैभन्दा बढी प्रभावित हो। यहाँ ७० जना घाइते छन्। दुई जना गम्भीर घाइते भएकाले उनीहरूको उपचार भइरहेको छ,’ उनले भने, ‘यहाँ तत्काल त्रिपाल, कम्बललगायतका सामग्रीको जरूरत छ।’ प्रदेश सरकारले घाइतेहरूको निस्शुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ।

‘हामीसँग स्रोत–साधन नभएकाले उद्धार गर्न पनि कठिनाइ भइरहेको छ। परकम्प गइरहेको र घरभित्र बस्न सक्ने अवस्था नरहेकाले कम्तिमा तीन महिनासम्म प्रभावितलाई वैकिल्पक बासस्थापनको प्रबन्ध गर्नुपर्ने छ,’ उनले भने। मष्टा गाउँपालिकाभित्र रहेका अधिकांश स्कुल चर्किएकाले खुला आकाशमुनि पठनपाठन गर्नुपर्ने अवस्था रहेको बताए।

 

  • उद्धार र राहत सामग्री
बिहिबार, असोज १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.