• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

कैलालीमा प्राविधिक धारमा पनि छैनन् विद्यार्थी

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित

भजनी- सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका कैलालीका पाँच विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।

कक्षा १२ सम्मको प्राविधिक शिक्षाले मध्यम तहको जनशक्ति उत्पादन हुने र स्वरोजगार बन्न सकिने भन्दै उक्त कार्यक्रम लागू गरेको बुझाइ अभिभावकहरूको छ ।

“तल्लो कक्षाबाटै प्राविधिक अध्ययन गर्न पाउनु विद्यार्थीका लागि राम्रो भए पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अङ्ग्रेजी कमजोर हुँदा विद्यार्थीहरू आँट गर्न सकिरहेका छैनन्”, स्थानीय कमल सुवेदीले भने, “प्राविधिक शिक्षाको महत्त्व ग्रामीण क्षेत्रमा अझै बुझ्न र बुझाउन पनि सकिएको छैन ।”

सामुदायिक विद्यालयमा सुरु भएको सिभिल इन्जिनियरिङको अध्यापनमा कतिपय विद्यालयलाई विद्यार्थी पाउन मुस्किल हुन थालेको छ । ग्रामीण क्षेत्रमा सिभिल इन्जिनियरिङको अध्यापनको अनुमति पाएका विद्यालयमा त्यो समस्या देखिएको छ ।

कैलालीको भजनी नगरपालिका(५ मा रहेको केदारेश्वर माध्यमिक विद्यालयमा २०७६ सालदेखि सिभिल इन्जिनियरिङको पढाइ सुरु गरिएको थियो । केही वर्ष निर्धारण गरिएको कोटाअनुसार ४८ जना विद्यार्थी पुर्‍याएको सो विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । भर्ना भएका विद्यार्थी पनि बिचमै कक्षा छाड्न थालेका छन् । कक्षा ९ मा अहिले ३५ विद्यार्थी भर्ना भएका छन् ।

“भौगोलिक विकटता, विद्यार्थी र अभिभावकमा प्राविधिक शिक्षाको महत्वको ज्ञान नहुनु र नेपाली माध्यममा अध्ययन गरेका विद्यार्थीलाई अङ्ग्रेजीमा अध्ययन गर्न समस्या हुने भएपछि विद्यार्थी सङ्ख्यामा कमी आएको पाएका छौँ”, विद्यालयका प्रधानाध्यापक लीलाराम विश्वकर्माले भने , “यस क्षेत्रमा निजी विद्यालय नहुँदा र सामुदायिक विद्यालयका विद्यार्थीले चासो नदिँदा बर्सेनि विद्यार्थी सङ्ख्यामा कमी आएको छ ।”

लम्कीचुहा नगरपालिकामा रहेको जनजागृति माध्यमिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । इन्जिनियरिङको अध्ययनका लागि प्रतिस्पर्धा गर्ने विद्यार्थी सङ्ख्या नै विद्यालयले पुर्‍याउन सकेको छैन । हाल कक्षा ९ मा २३ मात्रै विद्यार्थीले सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेका छन् ।

“विद्यार्थी र अभिभावकमा प्राविधिक विषयको महत्वका बारेमा ज्ञान छैन, बाहिरबाट विद्यार्थी आएर पढ्नसक्ने यातायातलगायतको सुविधा छैन”, विद्यालयका प्रधानाध्यापक नयाँराम विकले भने, “विद्यालयमा पर्याप्त सिभिल इन्जिनियरिङका लागि चाहिने स्रोत साधनको अभावका कारण पनि विद्यार्थी कम भएका हुन सक्छन् ।”

उनले स्थानीय सरकारले प्राविधिक विषयको आवश्यकता र सम्भावनाका बारेमा अभिभावकलाई चेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

कैलारी गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालयमा पनि कक्षा ९ देखि सिभिल इन्जिनियरिङको अध्यापन हुँदै आएको छ । त्यहाँ पनि तोकिएको सिटअनुसार विद्यार्थी सङ्ख्या पुगेको छैन । हाल कक्षा ९ मा ३३ विद्यार्थी मात्रै भर्ना भएका छन् । त्यहाँ अझै १३ जनाको सिट खाली छ । त्यहाँको समस्या पनि भौगोलिक विकटता र अभिभावकमा प्राविधिक ज्ञानको कमी नै रहेको विद्यालयका प्रधानाध्यापक जितबहादुर रावतले बताए ।

“शिक्षित परिवारका बालबालिका अहिले पनि सिभिल इन्जिनियरिङको अध्ययन गरिरहेका छन्, जुन अभिभावकलाई सामान्य लेखपढसम्म गर्न आउँदैन तिनलाई सम्झाउन सकिएको छैन”, प्रधानाध्यापक रावत भने, “अब स्थानीय सरकारले प्राविधिक विषयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि नयाँ योजना ल्याउनुपर्छ, स्थानीय सरकारले अभिभावकलाई सम्झाउन र बुझाउन सक्यो भने प्राविधिक विषयमा विद्यार्थीको प्रतिस्पर्धा देख्न सकिनेछ ।”

ग्रामीण क्षेत्रमा जस्तो सिभिल इन्जिनियरिङको अध्यापनमा सहरी क्षेत्रमा भने छैन । बिचमा केही विद्यार्थीले छाड्ने गरे पनि भर्नाको समयमा अन्य दुई विद्यालयले विद्यार्थी पाउने गरेका छन् ।

टीकापुर नगरपालिकामा रहेको कर्णाली नमुना माध्यमिक विद्यालयमा भने त्यस्तो समस्या नभए पनि बिचमा पढाइ छाड्ने परिपाटी त्यहाँ पनि दोहोरिने गरेको छ ।

सो विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले कक्षा ९ मा भर्ना हुँदा तोकिएको सिटअनुसार विद्यार्थी सङ्ख्या पुग्ने गरे पनि कक्षा ११÷१२ मा पुग्दा त्यो सङ्ख्या कायम नरहेको बताए । उनले ११ कक्षामा केही विद्यार्थी बाहिरबाट आएर भर्ना हुने गरेको हुँदा त्यति समस्या नभए पनि सिटअनुसार विद्यार्थी नपुग्ने गरेको बताए ।

“अहिले प्रायः सबै पालिकाको एउटा विद्यालय प्राविधिक विषयको अध्यापन हुन्छ, फेरि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को पाठ्यक्रमभन्दा हाम्रो पाठ्यक्रम गाह्रो छ, हाम्रोमा नौ सय पूर्णाङ्कको विद्यार्थीले अध्ययन गर्नुपर्छ”, प्रधानाध्यापक शर्माले भने, “अर्को विद्यार्थीहरूको सामुदायिक विद्यालयमा अङ्ग्रेजीमा राम्रो ‘बेस’ नभएका कारण पनि पढाइ बिचमा छाड्ने स्थिति रहेको हुनसक्छ ।”

धनगढी माध्यमिक विद्यालयमा ९ कक्षामा भर्ना हुँदा विद्यार्थीमा ठुलो प्रतिस्पर्धा हुन्छ । त्यहाँ अहिले पनि निर्धारण गरेको सिटअनुसार विद्यार्थी अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक लक्ष्मण भट्टले बताए ।

कक्षा १० उत्तीर्ण गरेपछि भने केही विद्यार्थी पलायन हुने गरेका छन् भने केहीले बिचमा रोजगारी पाएका खण्डमा पढाइ छाड्ने गरेका छन् । उनका अनुसार ग्रामीण क्षेत्रका अभिभावक अझै प्राविधिक शिक्षाको महत्वका बारेमा जानकार छैनन् ।

“ग्रामीण क्षेत्रको जस्तो समस्या सहरी क्षेत्रमा छैन, सहरी क्षेत्रमा प्राविधिक शिक्षामा तीव्र प्रतिस्पर्धा छ, जुन प्रतिस्पर्धा हाम्रो विद्यालयमा पनि हुन्छ”, प्रधानाध्यापक भट्टले भने, “प्राविधिक शिक्षाको महत्त्व बुझेका अभिभावकलाई बालबालिकालाई कस्तो शिक्षा दिने भन्ने ज्ञान छ ।” रासस

  • प्राविधिक धार
बिहिबार, असोज १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.