धनगढी- प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले आफ्नो तेस्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६६ बमोजिम प्रत्येक आर्थिक वर्षमा गरेका काम कारबाहीको वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान अनुरूप आयोगले शुक्रवार प्रदेश प्रमुख समक्ष तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको हो ।
आयोगका अध्यक्ष यज्ञराज बोहराले प्रदेश प्रमुख देवराज जोशीलाई तेस्रो वार्षिक प्रतिवेदन हस्तातरण गरेका हुन् । कार्यक्रममा आयोगका सदस्य लक्ष्मणबहादुर खडका, भागरथी राना, आयोगका प्रवक्ता हिरालाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।













