धनगढी- सुदूरपश्चिम प्रदेश सभा बैठकमा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टको प्रस्तावमा विधेयकमाथि आइतबार बसेको प्रदेशसभा बैठकमा छलफल गरिएको हो ।
छलफलमा प्रदेश सभा सदस्य मेघराज खड्का, जानकीदेवी कुँवर र टीका थापाले भाग लिएका थिए । उनीहरूले समयानुकूल बनाउन केही बुँदा थप गर्न आवश्यक भएकाले संशोधन विधेयक आएको भन्दै विधेयकमाथि समर्थन जनाए ।
छलफलको क्रममा उठेको विषयबारे जवाफ दिनुहुँदै मन्त्री भट्टले भाषागत शुद्धीकरण गर्नका लागि विधेयकमाथि आंशिक संशोधन गर्न लागेको बताए । उनले विधेयक सर्वसम्मतले पारित गर्नका लागि सबैलाई आग्रह गरे ।
















