धनगढी । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबारदेखि धनगढीमा जारीे प्रथम प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेतृत्वका लागि सहमति नजुटेपछि मंगलबारबाट सुरु भएको निर्वाचन कार्यक्रममा अध्यक्षका लागि अछामका कमल तिमिल्सिना,कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय तोकेको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आज साँझ ५ बजेदेखि मतदान सुरू गर्ने जनाइएको छ ।
















