धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा १५ दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको आयोजनामा यही असोज ९ गतेदेखि आज (१५ दिन) सम्म तालिमको आयोजना गरेको हो ।
न्यून आय भएका महिलाहरूका लागि १५ दिने तालिमको आयोजना गरिएको नेपाल ट्रेड युनियन काँग्रेस कैलालीका अध्यक्ष सुरत स्वारले बताए । यस तालिमले महिलाहरूलाई सोरोजगारी सँग उद्यमसिल बनाउन मदत पुग्ने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेश श्रम विभाग प्रमुख रामबहादुर देउवा विशिष्ट अतिथि यानटी यूसिका प्रदेश अध्यक्ष ज्ञानेन्द्रबहादुर शाह, उपाध्यक्ष तेजराज भट्टले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोती कुँवरले राखेका थिए भने सञ्चालन सचिव डबलबहादुर बमले गरेका थिए ।













