धनगढी- धनगढीमा आज अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्याराडाइज नेपाल धनगढीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको हो ।
यस संस्थाले केही वर्षदेखि यस अवसरमा जनचेतना मूलक कार्यक्रम गर्दै आइरहेको प्याराडाइज नेपाल धनगढीका अध्यक्ष मीनबहादुर शाहीले बताए । पछिल्लो समयमा देश भरी नै लागु औषध प्रयोगकता बढ्दै गइरहेकाले यसलाई कम गर्न यो दिवसले मदत पुग्ने उनले बताए ।
यस्ता कार्यक्रमले समस्यामा परेका बालिकाहरू र लुकेर रहेका प्रतिभाहरू लाई उजागर गर्न समेत टेवा पुग्ने उनले बताए । छात्र भन्दा पनि छात्राहरूको आवजलाई बुलन्द गर्न मुख्य उद्देश्यले रहेको उनको भनाइ छ ।
यस अवसरमा सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत ९ र १० का दुई सय छात्राहरूलाई स्वास्थ्य सरसफाई सामाग्री समेत वितरण गरिएको छ । विद्यार्थीहरूले आफूसँग भएका प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सरस्वती मावि, सिद्धनाथ मावि, शिव मावि, राष्ट्रिय मावि र डिलाइट इङ्लिस बेडिङ स्कुल गरेर पाँच वटा विद्यालयका विद्यार्थीहरू रहेका थिए ।
सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन अध्यक्ष चन्द्रलाल चौधरीको अध्यक्षत्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोती राना रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्याराडाइज नेपाल धनगढीका अध्यक्ष शाहीले राखेका थिए भने कार्यक्रम सञ्चालन सरस्वती माविकी शिक्षिका भजन कुमारी शाहले गरेकी थिइन् ।
















