धनगढी- एमाले सुदूरपश्चिमको जारी प्रदेश अधिवेशनबाट अध्यक्षसहितका सबै पदाधिकारी पदमा सर्वसम्मत भए पनि चार वटा जिल्लामा भने मतदान भइरहेको छ । कैलाली, कञ्चनपुर, बझाङ र बैतडीमा सदस्यहरु चयन गर्न मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।
डडेलधुरा, डोटी, बाजुरा, दार्चुला र अछाम जिल्लाका प्रतिनिधिले भने आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन गरिसकेका छन् ।
अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्ष कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागरथी विष्ट र नरबहादुर विश्वकर्मा सर्वसम्मत चयन भइसकेका छन् । प्रदेश कमिटीमा पदाधिकारीसहित १५९ सदस्य रहने व्यवस्था छ ।













