धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
उपमहानगरपालिका–५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको हो। प्रहरीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोकिएको हो।













