• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बेरोजगारलाई सीप सिकाउँदै धनगढी उपमहानगरपालिका

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरले बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सीपमूलक तालिम दिन सुरु गरेको छ । उपमहानगरले ललितपुरको ओल्गापुरी भोकेसनल स्कुलसँगको सहकार्यमा प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम सुरु गरेको छ । यी दुवै तालिममा ५३ जना सहभागी छन् । त्यस्तै, फर्निचर, कार्पेटिङ र वेल्डिङसम्बन्धी तालिम पनि तत्काल सञ्चालन गर्ने उपमहानगरको तयारी छ ।

वार्षिक करिब चार सयजनालाई तीनमहिने अवधिका विभिन्न विधाका सीपमूलक तालिम निःशुल्क दिन उपमहानगरले धनगढी भोकेसनल स्कुल (व्यावसायिक शिक्षालय) स्थापना गर्न लागेको छ ।

उपमहानगरको सहकार्यमा ओल्गापुरी भोकेसनल स्कुलले शिक्षालय स्थापना गर्न लागेको हो । व्यावसायिक शिक्षालय स्थापना गर्न दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । नेपाल युथ फाउन्डेसनद्वारा सञ्चालित ओल्गापुरी भोकेसनल स्कुल निःशुल्क सीपमूलक तालिम दिँदै आएको संस्था हो ।

व्यावसायिक शिक्षालयमा निःशुल्क खान, बस्नसँगै तालिमको व्यवस्था गरिने नगरप्रमुख गोपाल हमालले बताए । प्रदेशका सबै पालिकाका युवायुवतीले निःशुल्क रूपमा सीपमूलक तालिम लिन पाउने गरी व्यावसायिक शिक्षालय स्थापनाको सहमति गरिएको उनले बताए । सहमतिअनुसार शिक्षालय स्थापना गर्न उपमहानगरले धनगढी– १८, फूलबारीमा करिब चार बिघा जमिन उपलब्ध गराउनेछ ।

ओल्गापुरीले त्यसमा डेढ वर्षभित्र भवनलगायतका संरचना बनाउने सहमति छ । संरचना निर्माण नभएसम्मका लागि फूलबारी बहुमुखी क्याम्पसको भवनबाट तालिम सुरु गरिएको हमालले बताए । दुईवटा विधाका तालिम सुरु भइसकेका र थप दुई विधाको तालिम सुरु गर्न लागिएको उनले जानकारी दिए ।

हमालले औपचारिकताका लागि मात्र नभई बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिन लागिएको बताए । ‘अहिले व्यावसायिक तालिमका नाममा लाखौँ खर्च भइरहेको छ, तर तालिमबाट सिकेको सीप व्यवहारमा लागू हुन सकेको छैन, तालिम लिएका धेरै रोजगार र स्वरोजगार बन्न सकेका छैनन्,’ उनले भने, ‘हामीले तीन महिना लामो तालिम दिएर स्वरोजगार बनाउन खोजेका हौँ ।’ यसले बेरोजगारीको समस्या केही हदसम्म कम गर्ने उनको दाबी छ ।

अहिले ५३ जनाले तीन महिना अवधिको प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम लिइरहेका छन् । केही काम पाउने आशा लिएर सीप सिक्न आएको प्लम्बिङको काम सिकिरहेका सुदीप थापाले बताए । ‘घरमा बेरोजगार बसेको थिएँ, केही काम गर्नलाई सीप छैन,’ उनले भने, ‘तीन महिनासम्म सीप सिकेपछि केही काम पाइएला भन्ने आशा छ, सीप भए आफैँ पनि स्वरोजगार बन्न सकिएला ।’

डेढ वर्षभित्र व्यावसायिक शिक्षालयका लागि आवश्यक संरचना तयार गरिसक्ने लक्ष्य रहेको नेपाली युथ फाउन्डेसनका सञ्चालन निर्देशक रिसभराज गोर्खालीले बताए । भवनको डिजाइन तयार भइसकेकाले निर्माण कार्य छिट्टै सुरु गरिने उनले जानकारी दिए ।

शिक्षालय सुरुको वर्ष ओल्गापुरीले आफ्नै लगानीमा सञ्चालन गर्नेछ । त्यसपछिका वर्षमा उपमहानगरको क्रमशः २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र छ वर्षपछि पूर्णरूपमा उपमहानगरले आफैँ सञ्चालन गर्ने समझदारी छ । सुरुमा व्यावसायिक तालिम दिने र पछि तालिमसँगै कृषि फर्म पनि स्थापना गर्ने योजना रहेको गोर्खालीले बताए ।

‘सीपमूलक तालिमका लागि सुदूरपश्चिमबाट धेरै युवायुवतीहरू ओल्गापुरी आउनुहुन्छ, धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिममा तालिम दिन भोकेसनल स्कुल स्थापना गर्न लागेका हौँ,’ उनले भने, ‘अहिले चार विधामा तालिम दिन्छौँ, बिस्तारै तालिमका विषय बढाउँछौँ ।’

तालिमले बेरोजगार युवायुवतीलाई स्वरोजगारमार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने नगरप्रमुख हमालले बताए । उनले धनगढी व्यावसायिक शिक्षालयलाई प्रदेशकै नमुना तालिम केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । ‘तीन महिनासम्म तालिम लिएपछि हातमा सीप हुन्छ,’ उनले भने, ‘सीप भएपछि खाली बस्नुपर्दैन, व्यक्ति स्वरोजगार बन्छ ।’

धनगढी उपमहानगरपालिका अग्रसर भएपछि ओल्गापुरी यहीँ व्यावसायिक तालिम केन्द्र स्थापना गर्न सहमत भएको सञ्चालन निर्देशक गोर्खालीले बताए । अहिले तीनमहिने तालिम सञ्चालन गरिने र आवश्यकताअनुसार त्योभन्दा माथिल्लो तहको तालिम पनि दिइने उनले बताए ।

बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन तालिम दिइने भएपछि क्याम्पसले भवन उपलब्ध गराएको फूलबारी बहुमुखी क्याम्पसका अध्यक्ष रमेशकुमार बस्नेतले बताए । सीपमूलक जनशक्ति उत्पादनका लागि यो तालिम निकै महŒवपूर्ण हुने र यसले रोजगारी सिर्जनामा योगदान पुग्ने उनले बताए ।

  • सीप सिकाउँदै
आइतबार, असोज २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.