धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको श्री जन जागृति माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै दशैँ, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । विद्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई स्वागत र दशैँ, तिहारको शुभकामना आदान–प्रदान गरिएको हो ।
एसईई पास भएर आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नुका साथ दशैँ, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान गरिएको विद्यालयका प्रचार्य टेकबहादुर क्षेत्रीले बताए । कार्यक्रममा केही विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सांस्कृति कार्यक्रम समेत गरिएको उनले जानकारी दिए ।
















