धनगढी- कैलालीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट ५० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय जोगराज राना आइतवार दिउँसो पक्राउ परेका हुन्।
कैलालीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
















