• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

अछामको कोदो कञ्चनपुरको सिमटारी चामल लोकप्रिय बन्दै

  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले कोदोको पिठो र रैथाने जातको सिमटारी धानको चामल ‘प्याकेजिङ’ गरी बजारमा बिक्री वितरण गर्न सुरुआत गरेको छ ।

सो सहकारीले कोदो अछामबाट खरिद गरेर आफ्नै प्रशोधन उद्योगमा पिठो बनाइ बेच्न सुरु गरेको हो । यसैगरी सहकारीले आफैँले उत्पादन गरेको रैथाने जातको सिमटारी धानको चामल पनि बिक्री गर्न थालेको छ । ‘रैथाने बालीलाई प्रवर्द्धन गर्न पहिलो चरणमा कोदो र सिमटारी चामल बेच्न सुरु गरेका छौँ’, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भने, ‘माग धेरै छ, आपूर्ति थोरै भएकाले पुर्‍याउन सकिरहेका छैनौँ ।’

अन्तर सहकारी कारोबारलाई बढावा दिने उद्देश्यले अछामस्थित सहकारी संस्थासँग समन्वय गरी कोदो खरिद गरिएको उनले बताए। उनले बजारमा रु एक सय प्रतिकिलोका दरले कोदोको पिठो बिक्री भइरहेको उनले जानकारी दिए।

प्रशोधन गरी प्याकेजिङ गरिएको सिमटारीको चामल रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । सहकारीले कोदो र सिमटारी चामलको एक किलो र पाँच किलोका प्याक बजारमा ल्याएको छ । ‘परीक्षणका रुपमा पहिलो पटक कोदो र सिमटारी चामल बजारमा ल्याएका हौँ’, उनले भने, ‘धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँबाट माग आउन थालेको छ, उत्पादन बढाउनका लागि कार्य अगाडि बढाएका छौँ ।’

कोदोमा प्रचुरमात्रामा क्याल्सियम पाइने भएकाले सुत्केरीका लागि परिकार बनाएर खुवाउन सकिने, यसको प्रयोगले स्तनक्यान्सरमा प्रभावकारी भूमिका खेल्नेसँगै रक्तचाप घटाउने र ‘कोलेस्ट्रोल’ घटाउन मद्दत पुर्‍याउने हुन्छ ।

कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने गरिन्छ । ‘पहिला कोदो अरु अन्नबालीभन्दा सस्तो हुने भएकाले गरिबको खाना भने चिन्दथे’, सहकारीका सचिव हरिप्रसाद भट्टले भने, ‘अहिले कोदोको महत्व बुझेपछि पिठो खरिद गर्नेमा धनाढ्य र हुने खाने परिवारका व्यक्ति बढी रहेका छन् ।’

सिमटारी धान सहकारीका सदस्यलाई बीउ वितरण गरी उत्पादन गरिएको उल्लेख गर्दै उनले सदस्यबाट उत्पादित धान रु ३५ प्रतिकिलोका दरले खरिद गरी प्रशोधन गरी चामल बनाई बेच्न थालिएको बताए। सिमटारीको चामलमा सुगरको मात्रा नगन्यमात्रामा हुने भएकाले यसको माग बढेको उनको भनाइ छ । सिमटारी धान तराईको रैथाने बालीका रुपमा रहेको छ । किसानले वर्णसङ्करजातका धानबालीको खेतीलाई प्राथमिकतामा राख्न थालेपछि यो धान हराउँदै जान थालेको छ ।

सहकारीले कोदो र सिमटारीको चामलसँगै पुराना रैथाने बाली जोगाउनका लागि जनचेतना जगाउने, कृषि मेला, धान दिवस, खाद्य दिवसलगायतमा रैथाने प्रजातिका बालीका परिकार बनाई अतिथिलाई खुवाउने र प्रचार गर्ने कार्यसँगै सदस्यलाई खेती गर्न उत्प्रेरित गर्ने कार्य गरिरहेको छ । अन्तर सहकारी कारोबारलाई बढावा दिने कार्य अगाडि बढाइएको सचिव भट्टले जानकारी दिए।

‘पहाडका रैथाने बालीको उत्पादन तराईमा बेच्ने र तराईमा उत्पादित रैथाने बालीको उत्पादनलाई पहाडमा लगेर बेच्ने योजना बनाइएका छौँ’, सहकारीका व्यवस्थापक कृष्ण कुँवरले भने, ‘सोअनुसार पहाडको कोदो तराईकोले र तराईको चामल पहाडमा बस्नेले खान पाउने गरी बजार प्रवर्द्धनमा जुटेका छौँ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा २४ लाख ७० हजारको लागतमा सहकारीले प्रशोधन उद्योग सञ्चालन गर्दै आएको छ । रैथाने बालीको खेती सहकारीमा आबद्ध सदस्यले गर्ने र सहकारीले खरिद गरी बजारमा बिक्री गर्ने योजना साथ अगाडि बढेको सहकारीका अध्यक्ष अवस्थी बताउँछन्। ‘सहकारीलाई रकम बचत गर्ने, ऋण लगानी गर्नेमा मात्रै सीमित राख्न चाहदैनौँ’, उनले भने, ‘सहकारीलाई उत्पादन क्षेत्रमा केन्द्रित गरी सदस्यको जीवनस्तर उकास्नका लागि व्यावसायीकतामा जोड दिन चाहन्छौँ, यसको सुरुआत गरिरहेका छौँ ।’

 

  • अछामको कोदो
बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.