• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बेमौसमी बर्षातले सधैं मर्कामा किसान

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

धनगढी- किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्।

सरकारले कहिले उन्नत जातको बिउ सिफारिस गर्ने तर किसान कहाँ भने नक्कली बीउ पुग्ने गरेकाले उत्पादन नभएर ठगिँदै आएका किसान यसपालि भने प्रकृतिबाटै धोका पाएका छन्। यसपालि मौसम ठिक्क थियो, धानका बाला झुलेका थिए।

किसान हौसिएका थिए। केहीले धान काटेर खेतमा फिजाएका छन् त केहीले कुनिउँ लगाएका छन्। यही बेला बेमौसमी बर्सात आइदियो र डुबाइदियो किसानको धान।

चार वर्षअघि मसिनो तथा वासनादार र खान स्वादिलो हुने भन्दै नेपाल सरकारले पञ्जीकृत गरेको गरिमा जात ९वर्णशंकर० को धान कैलाली–कञ्चनपुरका किसानले रोपेका थिए। सरकारलाई परीक्षणका लागि सक्कली बीउ दिएका भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बिउ उपलब्ध गराउँदा किसान ठगिएका थिए।

कैलाली–कञ्चनपुरमा ६ सय ५३ हेक्टर जमिनमा लगाएको गरिमा जातको धानले फसल नदिँदा यहाँका १५ सय ३६ किसान ठगिएका थिए । यसपालि भने सुदूरका किसानलाई प्रकृतिले ठगिदिएको छ।

यस्तै, २०६८ सालमा डोटीमा १२ सय ७२ रोपनी जमिनमा लगाएको राधा–४ र सावित्री धान बालीले फसल दिएको थिएन। सरकारले कृषिलाई प्राथमिकता भन्दै आए पनि उन्नत बीउ, पर्याप्त सिँचाइ, मलखाद र प्रविधिको अभावमा राम्रो उत्पादन गर्न नसकेका किसानहरू सरकारले नै सिफारिस गरेको धानको बिउले फसल नदिँदा कृषिकर्म गर्नेहरूमा निराशा बढेको छ।

‘सरकारबाट उन्नत बीउ, मलखाद तथा कृषि प्रविधिमा सोचेजस्तो उत्पादन गर्न सकिरहेका थिएनौं,’ गौरीगंगाकी भगवती बडैलाले भनिन्, ‘यसपालि बीउ, मलखाद र मौसम ठिक्क थियो। धान राम्रै फलेको थियो तर काटेर भित्र्याउनै लाग्दा बेमौसमी बर्सातले धोका दियो।’

धान राम्रै फलेको भए पनि काटेर खेतमा सुकाइएको धान बेमौसमी वर्षाले डुबाएको अर्का किसान खुसीराम थारू बताउँछन्। ‘धान राम्रै थियो, पानी पर्दैन भनेर दुई दिनदेखि काट्यौं, अहिले आएर पानी पर्दा खेतमा धान भिजेको छ,’ उनले भने, ‘यसले गर्दा धान चुटाइ तथा थ्रेसिङमा समस्या पर्ने भयो।’

भिजेको धान कुटाउँदा सिंगो चामल ननिस्कने वा टुटेर कनिका बन्ने समस्या आउँछ। उनले भने, ‘भिजेको धानले न मूल्य पाउँछ, न खानकै लागि राम्रो मानिन्छ।’ धानसँगै परालमा पनि भिज्दा ढुसी लाग्ने भएकाले गाईवस्तुले पनि राम्ररी नखाने गरेको उनले बताए।

धान काटेर सुकाउन खेतमै राखेका किसानको धानबाली भिजेर काम नलाग्ने अवस्थामा पुगेको छ भने छरिएको तोरी र तरकारी बालीलाई पनि क्षति पुगेको छ। खेतबारीमा रोपिएका तथा भित्र्याउन ठिक्क पारिएका बालीनाली बर्सातले पूरै नष्ट पारिदिएको बताउँदै गौरीगंगाका किसान राजेन्द्र चौधरीले भने, ‘बेमौसमी बर्सातले वर्षभरिको उत्पादन नष्ट बनाइदिएको छ।’

बेमौसमी बर्सातले किसानलाई धोका दिएको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी बताउँछन्। ‘भित्र्याउन ठिक्क पारिएको धान पानीले भिजेको छ। जसले गर्दा धान थ्रेसिङ तथा चुटाइमा समस्या पर्ने भयो,’ उनले भने, ‘लगातार पानी पर्‍यो भने किसानलाई थप समस्या पर्नेछ।’ नागरिकबाट

 

  • मर्कामा किसान
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.