• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीमा दसैं र तिहारमा फूलको अभाव नहुने

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

धनगढी- धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ । धनगढीका किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने भएको हो । यो वर्ष स्थानीय किसानको उत्पादनले धनगढीमा सयपत्री फूलको अभाव हट्ने भएको हो । फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना उपमहानगरको छ ।

उपमहानगरको योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन् । उत्पादित फूलको बजारीकरण गर्न उपमहानगरले सहयोग गर्ने भएपछि किसानहरूले अर्को वर्षबाट दोब्बर क्षेत्रफलमा पुष्पखेती गर्ने भएका छन् ।

अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने धनगढी १२ जुगेडाका प्रतापसिंह बिष्टले बताए। ‘यो वर्ष दुई कट्ठामा मात्रै फूल खेती गरेको छु । यो बजारको माग र उत्पादन हेरेर अर्को वर्ष क्षेत्रफल बढाउने योजना छ। अर्को वर्ष सिधै दुई बिघामा फूल खेती गर्छु,’ बिष्टले भने । धनगढी ६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् ।

धनगढी उपमहानगरपालिकाले पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन् । यो वर्ष दश टन फूल उत्पादन गर्ने लक्ष्य राखेका बिष्ट दम्पती बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने भएपछि थप उत्साहित छन् ।

धनगढी उपमहानगरपालिकाले गएको जेठमा २६ जना किसानलाई पुष्पखेती सम्बन्धी एक हप्ते तालिम दिएको थियो । तालिम लिएका सबैले दुई कट्ठादेखि डेढ बिघा जग्गामा पुष्पखेती सुरु गरेका छन् । धनगढी–१२ जुगेडा डी गाउँकी आशा पन्त मिश्र गत वर्षबाट फूल खेती गर्न थालेकी हुन् ।

गत वर्ष २० हजारको मखमली र ६० हजारको सयपत्री फूल बिक्री गरेकी मिश्रले यो वर्ष डेढ कट्ठामा कलकत्ते, स्थानीय र कर्मा ५५५ जातको सयपत्री फूल लगाएकी छन् । यस्तै, धनगढी १२ सी गाउँ कि कृतिका चन्दले पाँच कट्ठामा दुई हजार बिरुवा हुर्काएकी छिन् । चन्दको यो वर्ष ८ टन फूल उत्पादन गर्ने लक्ष्य छ ।

यसैगरी, धनगढी १३ अम्बिका टोलका पुष्करसिंह बिष्टले ११ कट्टा जग्गामा पुष्पखेती गरेका छन् । ६ हजार बिरुवाबाट ६ टन फूल उत्पादन गर्ने लक्ष्य बिष्टको छ । उपमहानगरले गत जेठमा दिएको पुष्पखेती सम्बन्धी तालिम र अहिले उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने बताएपछि अरू किसान जस्तै पुष्कर पनि उत्पादन भएको फूल बिक्री हुनेमा ढुक्क छन् । धनगढी उपमहानगरपालिकाले भारतबाट आयात हुने प्लास्टिकजन्य फूल र फूलका माला बिक्री वितरणमा गत वर्षबाटै रोक लगाएको छ ।

यो वर्ष पनि प्लास्टिकजन्य फूल र माला आयात, भण्डारण र बिक्री वितरण नगर्न उपमहानगरले सार्वजनिक अपिल गरेको छ । फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाएर निर्यातसमेत गर्ने योजना धनगढी उपमहानगरपालिकाको छ । नगर प्रमुख गोपाल हमालले किसानले उत्पादन गरेको फूल बिक्री हुन नसके उपमहानगरले किनेर बजार खोज्न सहयोग गर्ने बताएका छन् ।

जसका कारण आगामी वर्षबाट धनगढीमा पुष्पखेतीको क्षेत्रफल र उत्पादन बढ्ने देखिन्छ । दसैँ, तिहार तथा विभिन्न धार्मिक र सांस्कृतिक उत्सवमा प्राकृतिक फूलको मागलाई मध्यनजर गरेर धनगढी उपमहानगरले पुष्पखेती प्रवर्धन गर्ने नीति लिएको छ ।

  • फूलको अभाव
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.