• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बझाङमा भूकम्प : दुई सातामा ६०१ पराकम्प

  •   शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित

बझाङ- गत असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा ६ सय १ पराकम्प गएका छन् । पछिल्लो पटक बुधबार राति बझाङ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

असोज १६ गतेपछि सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्र बनाएर ६ सय १ पटक परकम्प गइसकेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्र प्रमुख बलबहादुर तामाङका अनुसार यीमध्ये चारदेखि पाँच म्याग्निच्यूडसम्मका धक्का २९ पटक र पाँच भन्दा बढीको पराकम्प सात पटक गैसकेको छ ।

असोज १६ को भूकम्पले जिल्लाभर १२ हजार घरमा क्षति पुगेको छ । तीमध्ये ८ हजार ५ सय २९ घर बस्न नमिल्ने गरि क्षति भएका छन् भने ३ हजार ५२४ घरमा सामान्य क्षति भएको छ । भूकम्पले विद्यालय, स्वास्थ्य चौकीलगायत १ सय २३ सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

१ सय ५२ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण मन्दिर, सामुदायिक भवनलगायत अन्य ५० वटा सार्वजनिक संरचनामा पनि क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भूकम्पका कारण क्षति भएका १२ हजार ५३ घरमध्ये २ हजार ४ सय ४५ पूर्णरुपमा ध्वस्त भएका छन् ।

असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६।३ म्याग्निच्युडको भूकम्प र त्यसपछि लगातार गइरहेका पराकम्पका कारण सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको छ । थलारामामात्रै १ हजार ७२ घर बस्न नमिल्ने गरी क्षति भएको गाउँपालिकाले जनाएको छ । ‘विद्यालय, स्वास्थ्य चौकी भवनहरु पनि हाम्रै पालिकामा बढी क्षति भएको छ ।

पीडितहरुलाई अहिले विभिन्न संस्थाको सहयोगमा पालमा बस्ने व्यवस्था मिलाएका छौं,’ गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले भने, ‘जाडो बढ्दै छ । हिउादमा उहााहरुको कसरी व्यवस्थापन गर्ने ? केही सोच्नै सकेका छैनौं ।’ उनले स्वास्थ्य संस्था र विद्यालय भवन समेत भत्किएकोले आधारभूत सेवा दिन पनि कठिनाइ भइरहेको बताए ।

भूकम्पका कारण जयपृथ्वी र बुंगल नगरपालिका, मष्टा, छबिसपाथीभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको छ । यी पालिकाका पाँच हजार बढी घर बस्न नमिल्ने गरी क्षति भएको विपद् व्यवस्थापन समितिको तथ्यांक छ ।

भूकम्पपीडित सबै परिवारलाई विभिन्न संस्था र स्थानीय तहको सहकार्यमा तत्कालका लागि राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । ‘अहिले पीडितलाई त्रिपाल, बन्दोबस्तीका सामान र खाद्यान्न उपलब्ध गराएका छौं,’ उनले भने ‘ अब दिर्घकालीन राहत र पुर्ननिर्माणको लागि काम गर्ने तयारीमा छौं ।’

लगातार गैरहको परकम्पका कारण स्थानीय अहिले पनि घरभित्र बस्न सकिरहेका छैनन् । अधिकांश घर चर्किएका र लगातार भूकम्पको धक्का आइरहेको कारण घरभित्र बस्न जोखिम ठानेर पालमै बसेको स्थानीयले बताएका छन् । यसबीचमा राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका बिज्ञसहितको टोलीले बझाङमा स्थलगत अध्ययन गर्नुका साथै विभिन्न ठाउँमा भूकम्प मापन गर्ने यन्त्र पनि जडान गरेको छ ।

भूकम्पविद् लोकमणि अधिकारीका अनुसार झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण भूगर्भमा ठूलो शक्ति सञ्चित हुँदा जतिखेर पनि ठूलो कम्पन आउने खतरा रहेकोले सचतेना अपनाउनुपर्ने उनको सुझाव छ । सामान्यतया भूकम्प गएको दुई तीन महिनासम्म पराकम्पन आउने गरेको र ठूलो भूकम्पको समेत जोखिम रहेकाले सर्तक रहनुपर्ने उनले बताए ।

 

  • बझाङमा भूकम्प
शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.