धनगढी- बझाङमा एक स्वास्थ्य चौकीबाट कण्डम चोरी भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका–३ धनी धारामा रहेको स्वास्थ्य चौकीबाट कण्डम चोरी भएका हुन् । बुधवार राती स्वास्थ्य चौकी तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा समेत क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।













