• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा

  •   आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित

टीकापुर- बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् । कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ ।

उनी बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउछन् । “हामीले हरेक क्रियाकलापमा छोरीलाई प्राथमिकता दिन थालेका छौँ, यहाँ हुने हरेक क्रियाकलापमा बालिका विजयी भएका उदाहरण छन्”, उनी भन्छन्, “हाम्रो विद्यालयमा बाल क्लबको अध्यक्ष बालिका, विभिन्न सामूहिक कार्यमा छात्रा नेतृत्वमा छन् ।”

विद्यालयमा हुने बाल क्लब, कक्षा ‘मोनिटर’जस्ता कार्यमा पनि पछिल्लो समय बालिका अग्रसर हुँदैछन् । खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल विद्यालयले बालिकाको नेतृत्व विकासलाई प्राथमिकता दिएको, सामुदायिक विद्यालयमा बालिका बढी अध्ययनरत भएकाले बालिकाले पढाइको नतिजामा पनि नेतृत्व गरिरहेको बताउछन् । “छात्र बोल्ने कलामा पनि छात्राभन्दा अगाडि छन्”, उनी भन्छन्, “आठ कक्षा र एसइई परीक्षामा पनि छात्राको नतिजा राम्रो छ । यसले पनि उनीहरू नेतृत्व गर्न सक्षम छन् भन्ने देखाउँछ ।”

सामुदायिक विद्यालयमा अध्ययन गर्नेमा पनि छात्राका धेरै छन् । विद्यालयले पनि छात्रालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रयास गरिरहेको देखिन्छ । हिमालय मावि घीया पुछरीका प्रधानाध्यापक बुद्धिराम चौधरी पनि छात्रा बढी अग्रसर हुँदै गरेका बताउछन् । उनी भन्छन् , “विद्यालयमा छात्राको सङ्ख्या धेरै छ । अवसर पनि उनीहरूलाई दिने गरेका छौँ ।”

नेपाल शिक्षक महासङ्घ टीकापुरका सभापति रघुनाथ उपाध्याय पनि विद्यालयमा नेतृत्व गर्ने हरेक भूमिकामा छात्रालाई प्राथमिकता दिने र छात्राहरू छोराभन्दा अब्बल बन्दै गएका अनुभव आफूले गरेका बताउछन् । “सामुदायिक विद्यालयमा छोरीलाई अगाडि बढाउने थुप्रै प्रयास भएका छन्”, उनी भन्छन्, “पालिकामा रहेका शिक्षा, स्वास्थ्य शाखाले पनि छोरीलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेका छन् ।”

नवदुर्गा आधारभूत विद्यालयका शिक्षिका सूर्या भट्टराई शिक्षकले पनि छात्राको हौसला बढाउने काम गर्नुपर्नेमा जोड दिन्छन् । “छात्रालाई घरको काम पनि गर्नुपर्ने भएकाले उनीहरूलाई शिक्षा र अन्य अवसरका लागि नेतृत्व दिँदा शिक्षक जिम्मेवार बन्नुपर्छ”, उनी भन्छन्, “विद्यालयमा पनि सकारात्मक विभेद आवश्यक छ ।”

टीकापुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सङ्गीता शाह छोरी जन्मेदेखि नै अभिभावकमा छोरी नेतृत्व सम्हाल्न सक्छिन् भन्ने सोचसहित हुर्काउनुपर्नेमा जोड दिन्छिन् । ‘‘सशक्तीकरणका लागि छोरीलाई पनि तिमी जसरी पनि सक्षम हुनुपर्छ भनी उनीहरूको मनमा चाहना जगाइदिनुपर्छ”, उनी भन्छिन्, “छात्रालाई मानसिकरूपमा पनि सक्षम बनाउने, उसलाई आर्थिकरूपमा पनि सक्षम बनाउनका लागि शिक्षामा पनि बढी लगानी आवश्यक छ ।”

छोराको तुलनामा छोरी बढी संवेदनशील हुन्छन् । अझ छोरीलाई घर तथा भान्साको काम, भाइबहिनी स्याहारजस्ता कार्यको बोझ पनि थुपारिन्छ । सामाजिक परिवेशले छोरालाई जति अगाडि बढ्न सहज वातावरण छोरीका लागि छैन । छोरी पनि समाज, राष्ट्रका नेतृत्वकर्ता हुन् भन्ने अभिभावक तथा समाजले सोच्न र त्यही खालको वातावरण बनाउन आवश्यक छ ।

  • नेतृत्व लिन
आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.