काठमाडौं- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिएको कैदमिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ।बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसको दिन सरकारबाट बाँकी कैद मिनाहा पाएका थिए। व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको थियो।
रिगललाई कैदमिनाहा गरेलगत्तै चेतनकी पूर्वपत्नी भारती मानन्धर सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलामा अनशनमा बस्दै आएकी छिन्।
















