कञ्चनपुर- कञ्चनपुरबाट चार लाख १३ हजारको अवैध मल बरामद गरिएको छ। कञ्चनपुर प्रहरीले भन्सार छली भारतबाट ल्याइएको चार लाख १३ हजार ८५० रुपैयाँ बराबरको मल लगायतका सामाग्री बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका– ४ बाट भन्सार छली ल्याएर लुकाई छिपाई राखिएका डिएपि मल सगै कोपिला पशु आहार, युरिया, धनियाको बिउ र सिमीको बिउ लगायत सामान बरामद गरिएको छ। बरामद गरिएका सामान शुक्रबार भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाइएको छ।













