धनगढी- सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ९निर्मल०ले अस्पतालको सेवा सुधारका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
सेती प्रादशिक अस्पतालले शुक्रबार आयोजना गरेको दसैँ, तिहार, छठ पर्वको शुभकामना आदान–प्रदान तथा अस्पतालको समसामयिक विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहले भने ‘हाम्रो उदेश्य भनेको अस्पताल राम्रो बनाउँने हो, सेवा सुधारका लागि सबैको सकरात्मक सुझाव र सहयोगको आवश्यक छ । उनले भने ‘केही नकरात्मक कुरा हुन सक्छन्, आलोचनात्मक सुझावको अपेक्षा गरेको छु’ ।
सकरात्मक आलोचनाले मान्छेलाई स्पात बनाउने बताउँदै अध्यक्ष शाहले भने ‘आलोचनाले मान्छे निरीह,कायर हुने होइन् मान्छेलाई स्पात बनाउँछ ,मैले यो बुझेको छु’ । अस्पतालको सेवा सुधारका लागि सञ्चारकर्मीहबाट सकरात्मक सुझावको अपेक्षा गरेको छु ।
‘पोजेटिभ कुरा लेख्नु प¥यो,नेगेटिभ लेखेर केही हुँदैन्,सत्यतथ्य बुझेर लेख्दा राम्रो हुन्छ’ उनले भने ‘सेवा प्रवाहमा केही समस्या छ,सोचेजस्तो उपचार नभएको हुनसक्छ,सेवा प्रवाह,सेवा विस्तारमा पहिले भन्दा धेरै सुधार भएको छ,अस्पताललाई विश्वास गर्ने,नगर्ने कुरा व्यक्तिमा भर पर्ने कुरा हो’ ।
पत्रकारहरुबाट आएका सकरात्मक सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै उनले पहिलेभन्दा अहिले सेती अस्पतालको सेवा विस्तार,सुधारमा धेरै काम भएको भएपनि जनतामा बुझाउन नसकिएकोे बताए ।
कार्यक्रममा अस्पतालका निमित्त प्रमेसु डा।शेरबहादुर कमरले सीमित साधन स्रोतका बीच अस्पतालले सेवा प्रवाह गरिरहेको बताए । उनले ५० बेडको अस्पताल भएपनि झण्डै दुई सय ४५ बेड सञ्चालन भइरहेको बताए ।
त्यस्तै अस्पतालमा १५ वटा विभाग र २४ वटा सर्विस युनिट रहेको उनले जानकारी दिए । त्यस्तै अस्पतालमा १७ बेड डायलासिस सेवा पनि सञ्चालनमा रहेको उनको भनाइ छ ।
















