धनगढी- धनगढीमा प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।
शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा कुटपिट गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खसीका कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए।













