• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

कञ्चनपुर- पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् ।

कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको हो । भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य (युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन् ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् । गत जनवरीमा ३१, फ्रवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ पर्यटक भित्रिएका थिए। यसैगरी सन् २०२० मा छ सय २० र सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए ।

सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाहरुबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएकाले यस नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन् । कोरोना महामारीको संङ्क्रमण पश्चात् (सन् २०२१ को डिसेम्बर देखि) सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको उनले बताए ।

“सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एकदिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्” अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले भने, “केही सिधै गन्तव्यमा जाने गरेका छन् ।” उनका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाण्डौं, लुम्बीनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् भने महिनामा एक दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् ।

“कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउनु अघि नै योजना बनाइसकेका हुन्छन्” उनले भने, “सोही अनुसार उहाँहरु होटेलमा बसेर तोकिएको गन्तव्यमा जाने मार्ग प्रयोग गर्ने गरेका छन ।” भारत हुँदै यहाँ आइपुग्ने अधिकांश पर्यटकले भारतीय रुपैंया बोकेर आउने गरेका र भिसा दिँदा लाग्ने शुःल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्न झन्झट हुने गरेको छ ।

नेपाली नागरिकसँग बैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुःल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई छ । यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुःल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी गराए । उनका अनुसार वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरुको सङ्ख्या केही वर्षदेखि बढ्दो रहेको छ ।

  • पर्यटक बढे
सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.