धनगढी- कैलाली जिल्ला अदालतमा चोरी भएको छ। आइतबार कैलाली जिल्ला अदालतमा चोरी भएको हो। अदालतका कर्मचारीहरुको मोबाईलसहितका सामानहरु चोरले लगेको बताइएको छ।
आइतबार चोरी भएकोमा अदालतबाट आज (सोमबार) प्रहरीलाई खबर गरिएको र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चोर खोजीरहेको जनाएको छ। कैलाली प्रहरीका डिएसपी कुलदिप चन्दले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। जसका लागि सिसिटिभी अध्ययन गरिदै छ।













