• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

कञ्चनपुर- दोदा जलाधार क्षेत्रका सबै १० ओटा स्थानीय तहहरूले वृहत् छलफल गरी दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरेका छन् । कञ्चनपुरका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डडेलधुराका आलिताल गाउँपालिका र परशुराम नगरपालिका, कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिका तथा डोटीको जोरायल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख सहित सरोकारवाला पक्षहरूको भेलाले उक्त मञ्च गठन गरेको हो ।

विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तर स्थानीय तह स्तरीय संयन्त्र मार्फत सम्बोधन गर्न सोमबार र मङ्गलवार धनगढीमा दुई दिवसीय कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो । सोही गोष्ठी मार्फत शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको हो ।

उक्त मञ्चको उपाध्यक्षमा परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहरा, सचिवमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, कोषाध्यक्षमा चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापामगरलाई सर्वसम्मत चयन गरिएको छ ।

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य तथा पूर्व शिक्षा मन्त्री डा। गङ्गालाल तुलाधरले विगतमा संविधान निर्माणका क्रममा विपद् जोखिम न्यूनीकरणका तीन ओटा पक्षहरू पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका विषयलाई समेट्न सफल भएको बताए ।

दोदा जलाधार क्षेत्रका स्थानीय तहहरूले मञ्च नै गठन गरेर कार्य गर्ने योजनाको प्रशंसा गर्दै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्मा समेत यो सन्देश पुर्‍याउने र यसका सबल पक्षलाई अन्य क्षेत्रमा समेत लागु गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

त्यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषि राज आचार्यले दोदा जलाधार क्षेत्रका समस्यालाई समाधान गर्न बहुसरोकार मञ्च सक्षम हुने विश्वास व्यक्त गरे । उनले विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनको क्षेत्रमा स्थानीय तहको जिम्मेवारी महत्त्वपूर्ण रहेको उल्लेख गरे । यी दुवै विषयको जोखिम तथा संवेदनशीलतालाई मध्यनजर गरी साझेदार निकायहरूसँग जोड्न पुलको काम गर्न मन्त्रालय तल्लीन रहेको उनको भनाइ छ ।

उक्त कार्यक्रममा मञ्चको रणनीतिक कार्ययोजनामा समेत छलफल भएको छ । छलफलबाट अल्पकालीन रूपमा, माथिल्लो तटीय क्षेत्रसम्मको विस्तृत भौगर्भिक अध्ययन गर्ने, अन्य जलाधार क्षेत्र संरक्षण कार्यक्रममा सफलता असफलताको अध्ययन गर्ने, जोखिम युक्त क्षेत्रमा जैविक तटबन्ध लगायत जोखिम अल्पीकरणका प्रयासहरू गर्ने, विकास साझेदारहरूसँग बैठक बसी सहकार्यका अवसरहरू खोज्ने, प्रदेश सरकार र सङ्घीय सरकारसँग छलफल गरी दोदा जलाधार क्षेत्रका लागि बजेट विनियोजन गर्ने कुराहरूमा सहमति भएको दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चका अध्यक्ष रण बहादुर महराले जानकारी दिए ।

यसैगरी मध्यकालीन रूपमा चुरे क्षेत्रमा वृक्षारोपण तथा चुरे क्षेत्र संरक्षणका कार्यहरू गर्ने, पहिरो नियन्त्रण गर्न रैथाने प्रविधि भल काट्ने, चपरी पुर्ने जस्ता कार्यहरूलाई प्रवर्द्धन गर्ने, वन तथा निकुञ्ज जस्ता संरक्षित क्षेत्रहरूका कारण भएका बाधा व्यवधान हल गर्न नीतिगत सुधारका लागि बहस पैरवी गर्ने, वन्यजन्तु आतङ्क भएका क्षेत्रमा वन्यजन्तुले हानी नगर्ने बालीहरूको प्रवर्द्धन गर्ने, वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन प्रयास गर्ने, बाढीको पूर्व सूचनाको लागि पूर्व चेतावनी प्रणालीको स्थापना गर्ने कुरामा समेत सहमति भएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए ।

त्यस्तै दीर्घकालीन रूपमा जोखिम युक्त ठाउँमा पहिरो नियन्त्रण प्रविधिको प्रयोग गर्ने, जोखिम युक्त ठाउँमा मजबुत तटबन्ध निर्माण गर्ने, वन्यजन्तु आतङ्कबाट बच्न फेन्सिङ लगायतका प्रविधि प्रयोग गर्ने कार्य योजना संशोधन सहित स्वीकृत गर्ने निर्णय गरिएको कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले जानकारी दिए ।

मर्सीकोर, नीड्स नेपाल र डीपीनेटद्वारा संयुक्त रूपमा आयोजना गरिएको उक्त कार्यक्रमबाट निर्माण गरिएको कार्ययोजनाले, तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा योजना निर्माण, बहस पैरवी गर्दै सहकार्यलाई अगाडि बढाउन, सूचना र स्रोतहरूमा पहुँच प्रदान गर्न, स्थानीय सरकारका लागि बैठक, कार्यशाला र तालिम कार्यक्रमहरू आयोजना गर्नका साथै सहकार्यगत क्रियाकलाप र पहलहरूमा स्थानीय समुदायहरूको संलग्नता र सहभागितालाई प्रवर्धन गर्न पनि यस्तो मञ्चको प्रयोग गर्ने अवधारणा बनाइएको आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्कीले बताए ।

यसका अतिरिक्त, आवश्यक प्रशासनिक सहयोग, स्रोतहरू र प्राविधिक सहायता प्रदान गर्नुका साथै सहकार्यगत क्रियाकलापहरूको सफल कार्यान्वयन गर्न, स्रोत, कर्मचारी र बजेट विनियोजन गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि प्रविधिमैत्री बहुप्रकोप पूर्वसूचना प्रणाली स्थापना र समुदायको पहुँच अभिवृद्धि गर्न तथा विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनको लागि प्रकृतिमा आधारित समाधानका उपायहरू प्रवर्धन गर्न समेत यस्तो मञ्चलाई प्रयोग गर्ने कुराहरू उल्लेख गरेको छ ।

यसका साथै जलाधार क्षेत्रमा एकीकृत रूपमा काम गर्दा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई समेत प्राथमिकता दिइनु पर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी प्रभावकारी रूपमा परिचालन गर्ने तथा स्थानीय तहहरूले वार्षिक तथा आवधिक योजनाहरू तर्जुमा गर्दा उक्त समझदारी पत्रमा उल्लिखित विषयहरूलाई प्राथमिकीकरण गर्नुपर्नेसम्मका विषयहरू समेटिएको परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहराले बताए ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नीड्स नेपालका अध्यक्ष दुर्गा खरेलले विपद् जोखिम न्यूनीकरणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । जोखिमयुक्त क्षेत्रका स्थानीय तहहरूले मिलेर योजना बनाई कार्यान्वयन गर्न सकेमा जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

  • दोदा जलाधार
मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.