• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बेचबिखनको जोखिममा परेका एक हजारभन्दा बढीको उद्धार

  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

सुदूरपश्चिम- मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनर्स्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ । धनगढीमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिममा भारतसहित अन्य मूलक पुगेका ८७ व्यक्तिलाई उद्धार गरेर ल्याइएको जानकारी दिइयो । तीमध्ये कतिपयलाई विदेशबाट र अन्य कतिपयलाई नेपाल-भारत सीमा नाकाबाट उद्धार गरिएको पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक संजित सिंहले बताए ।

“निरक्षर महिलालाई विभिन्न प्रलोभन दिएर ललाइफकाइ भारतसहित विभिन्न मुलुकमा पुर्‍याउने घटना भइरहेका छन्”, उनले भने, “बेचिनेमा खासगरी एकल, निरक्षर र बेरोजगार महिला बढी छन् ।” विभिन्न प्रलोभन दिएर ललाइफकाइ निरक्षर महिलालाई बेचबिखनको फन्दामा पार्नेमा गिरोह नै सक्रिय रहेको जानकारी दिइयो ।

सो अवधिमा प्रहरीको रोहवरमा एक हजार चार सय ४९ जानालाई सम्बन्धित परिवारमा हस्तान्तरण गर्नाका साथै २६ हजार नौसय ८७ महिला तथा बालबालिकालाई परामर्श दिइएको बताइएको थियो । उक्त संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरू देखिन थालेका छन् ।

इन्टरनेट, मोबाइल फोनलगायत सामाजिक सञ्जालको सहज पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसार रोकथाममा अर्को चुनौती थपिएको संयोजक सिंहले बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाथारुले मानव बेचबिखन तथा ओसार पसारविरुद्ध उपमहानगरपालिकाले यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले आगामी दिनमा स्थानीय तहसँग पनि हातेमालो गरी मानव बेचबिखनविरुद्धको अभियानलाई सक्रिय बनाइने बताए । वि.सं. २०५० देखि काम गर्दै आएको सो संस्थाले विगतमा सिन्धुपाल्चोक, रसुवा, मकवानपुर ,चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा मानव बेचबिखन तथा ओसार पसार रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै सीमामा निगरानी, पैरवी, तथा जनचेतनामूलक कार्य गर्दै आएको छ ।

सो क्रममा सरोकारवाला निकाय, संस्था र व्यवसायीसँगको समन्वय तथा सम्पर्क गरेर मानव बेचबिखन तथा ओसारपसारको कामलाई हतोत्साहित पार्ने, भारतलगायत तेस्रो मुलुकमा मानव बेचबिखनमा परेकाहरूलाई उद्धार गरी नेपाल फिर्ता गर्न पहल गर्ने, उद्धार पश्चात् उनीहरूलाई सुरक्षित आवास, सीपमूलक तालिम,कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरेर परिवार र समाजमा ससम्मान पुनर्स्थापना गर्ने जस्ता गतिविधि पनि गर्दै आइएको जनाइएको थियो । रासस

 

  • बेचबिखनको जोखिम
बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.