• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

तिहारमा गोबरका दियो

  •   बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित

धनगढी- टीकापुरका घनश्याम पौडेलले यसपालिको तिहारमा गोबरका दियो र अगरबत्ती प्रयोग गर्ने भएका छन् । तिहार लक्षित गरेर टीकापुरमा उत्पादन सुरु गरिएको गोबरका दियो, मूर्ति र अगरबत्ती उनले प्रयोग गर्ने भएका हुन् ।

कैलालीको टीकापुर–५ सीतापुर सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले पहिलो पटक यहाँ गोबरका दियो, अगरबत्ती र मूर्ति बनाएको हो ।

टीकापुर क्षेत्रका नौ जना स्वयंसेवी युवाले सामुहिक रूपमा छाडा चौपाया व्यवस्थापन गर्दै गौशाला सञ्चालन गरिरहेका छन् । दीपावलीलाई लक्षित गरी गौशालाबाट उत्पादन हुने गौमुत्र र गोबर प्रयोग गरी पहिलोपटक यहाँ दियो, अगरबत्ती र मूर्ति बनाउन सुरु गरिएको हो ।

६ महिनाअघिदेखि दुई सय घनमिटरको गोबरग्यास प्लान्ट स्थापना गरेर ५५ घरमा बिहान र साँझ दुईरदुई घण्टा निःशुल्क गोबरग्यास वितरण गरिरहेको समितिले गोबर र गौमुत्र उपयोग गर्दै यस्ता सामान बनाउन थालेको हो ।

समितिका सचिव द्वारिका जैसी र सदस्य उपेन्द्र न्यौपानेले भारतको उत्तराखण्डस्थित काँशीपुरमा पुगेर यसबारेमा तालिम लिएको बताए । ‘ढोकाका नेमप्लेट, अगरबत्ती, दियो, नेपालको झण्डा, श्रीयन्त्र, भगवान्को मुर्ति, एक्युप्रेसर उत्पादन गरिरहेका छौं,’ सचिव जैशीले भने, ‘हाम्रा उत्पादनबारे थाहा पाएकाले धमाधम यसको माग गरिरहेका छन् ।’

गौशाला सञ्चालनका लागि स्वयंसेवी रूपमा अग्रसर भएका युवाहरूले लोकबहादुर बुढाथोकीको अध्यक्षतामा यकराज पण्डित, द्वारिका जैशी, गेहेन्द्र बम, रुथ सुवेदी, उत्तमकुमार शाहलगायत युवाको समूह बनाई गौशाला स्थापना गरेर गौ संरक्षणमा जुटेका हुन् ।

‘समितिमा नभएपछि बाहिरबाट सहयोग गर्नेहरू पनि थुप्रै हुनुहुन्छ, सबैले हौसला दिइरहनु भएको छ,’ अध्यक्ष बुढाथोकीले भने, ‘अहिलेलाई भारतबाट आयात हुने दियोको उपयोग घटाएर माटोको भन्दा बलियो र आफ्नै उत्पादन प्रयोग हुन सके नेपाली रुपैयाँ बाहिरनबाट रोकिने थियो ।’

यतिबेला दियो उत्पादन गर्न चार जना महिला खटिएको सचिव जैशीले बताए । तिहारका लागि भारतबाट आउने माटोको दियो भन्दा गोबरका दियो सस्तो हुने उनको दाबी छ ।

‘भारतबाट आयात भएको दियो प्रतिगोटा पाँच रुपैयाँ पर्छ तर हामीले गोबरबाट बनाएको दियो प्रतिगोटा तीन रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो उत्पादन शतप्रतिशत स्थानीय र धार्मिक रूपमा पनि शुद्ध र पवित्र छ ।’

समितिले दियो उत्पादन गर्ने मेसिन भारतबाट ल्याएको छ । ‘दैनिक १ हजार ६ सय दियो उत्पादन भइरहेको छ,’ सचिव जैसीले भने, ‘दिपावलीलाई लक्षित गरी ७० हजार दियो उत्पादन गर्ने लक्ष्य छ ।’

प्रतिप्याकेट ३० रुपैयाँ पर्ने अगरबत्ती कपुर र हवन सामग्री मिसाएर बनाइएको छ । पश्चिम तराईका शहरहरूमा छाडा चौपायाको बेहाल देखेर आफूहरूले पाँच महिनाअघि जेठ १४ सामूदायिक समिति गठन गरेर गौ संरक्षणमा अग्रसर भएको समितिका पदाधिकारीहरू बताउँछन् ।

उक्त गौशालामा हाल ७ सय ३० गाई छन् । सञ्चालनका लागि नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिएको छ । ८ जना हेरालु राखेको समितिले नगरको रकम सबै उनीहरूको पारिश्रमिकमै खर्च गरेको बताएको छ ।

समितिमा आवद्ध भएर गौ संरक्षणमा जुटेका युवाहरू सबैका आफ्नो पेशा, ब्यवसाय छन् । पेशा ब्यवसायबाट फुर्सद निकालेर गौशाला ब्यवस्थापनमा हातेमालो गरिरहेको सचिव जैशीले बताए ।

‘दियो, अगरबत्ती र मुर्ति बिक्रीबाट भएको आम्दानी गौ संरक्षणमै खर्च गर्ने छौं,’ सचिव जैसीले भने, ‘हामी सबैका आ–आफ्ना उद्यम ब्यवसाय छन्, कोही सरकारी कर्मचारी हुनुहुन्छ । गौ संरक्षण त हाम्रो स्वयंसेवा हो ।’ कान्तिपुरबाट

 

 

  • गोबरका दियो
बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.