धनगढी-कैलालीको धनगढीबाट प्रकाशित थारुवान खबर त्रैमासिक पत्रिकाको लोकार्पण गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामी,नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष तथा राष्ट्रियसभा सदस्य हरिराम चौधरी (उत्सव)ले पत्रिकाको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा मन्त्री धामीले थारुवान खवरले थारु संस्कृति,रहन सहन,दुर दराजका जनजीविकासँग जोडिएको विषय वस्तुको थारुवान खवरले उजागर गर्ने विश्वास व्यक्त गरे । छापा सञ्चार माध्यम संकटपूर्ण अवस्थामा रहेका बेला थारुवान खबर प्रकाशन चुनौतिपूर्ण भए पनि सह्रानीय भएको मन्त्री धामीले बताए । सुशासन,समृद्धि र सामाजिक न्यायसहितको समाजवादी राज्य व्यवस्थाको परिकल्पना गरिएको यो व्यवस्थाको संवाहकको रुपमा थारुवान खबरले काम गर्ने र मुख्य भूमिका समेत निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले मिडियाले वैचारिक वहसलाई बढी जोड दिनुपर्ने बेला आएको बताए । उनले थारुवान खबरले थारु संस्कृति लगायतका विषयको दस्ताबेजीकरण गर्ने बताए । थारुवान शब्द आफैमा ऐतिहासिक भएको बताउँदै उनले भने थारुवान होला नहोला अरु जेसुकै होला तर थारुवान शब्दले २० लाख थारुको डिभेट गरेको छ । उनले भने ‘थारुवान शब्दले २० लाख थारुलाई झण्डै तीन करोड जनतासँग जोड्ने वहस गरेको छ’ । थारुवान खबरले थारुको इतिहास,संस्कृति,रहन सहनको दस्तावेजीकरण गर्ने उनले बताए । लोकार्पण कार्यक्रममा थारुवान खबरका सम्पादक तिलक चौधरीले पत्रिका प्रकाशनलाई निरन्तरता दिइने बताउँदै सबैको सहयोगको अपेक्षा गरेको बताए ।
लोकार्पण कार्यक्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव रामसिंह ठगुन्ना,कैलाली शाखा अध्यक्ष हिमाल जोशी, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव हरिश विक,उन्नती चौधरी,फोनिज सुदूरपश्चिम अध्यक्ष लखन चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन थारुवान खबरका कार्यकारी सम्पादक मुकेश चौधरीले गरेका थिए ।
















