धनगढी- धनगढीमा एक जना वडा सदस्यले मदिरा सेवन गरी स्थानीय युवालाई कुटपिट गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य तुलसीराम रानाले स्थानीय ज्ञानु चौधरीलाई बुधवार राति मदिरा सेवन गरी कुटपिट गरेका हुन् ।
वडा सदस्य रानाले मदिरा सेवन गरी धनगढी उपमहानगरपालिका वडा नम्बर ११ वडास्थित घोडसुवामा कुटपिट गरेको बताइएको छ। वडा सदस्य रानाले कुटपिट गरी चौधरीको कपडा समेत च्यातेका छन्। वडा सदस्य रानाले तिहारको समयमा रमाइलो गर्ने बेला सामान्य विवाद भएको बताए।
उनले भने, नातामा काका–भतिजा पर्छौँ, सामान्य विवाद भएको हो, विवाद भएपछि बिहिवार बिहान हामी दुवैले एक अर्कासँग क्षमा मागेर विवाद टुङ्गिएको छ। यता साथीभाइहरू गाउँकै होटलमा तिहार मनाई रहेका बेला वडा सदस्य रानाले गालीगलौज गर्दै कुटपिट गरेको पिडित ज्ञानु चौधरीले जानकारी दिए।
















