कैलाली- कैलालीबाट कट्टु भित्र गुप्ताङ्गमा लुकाइएको नेट्राभेट ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले टीकापुर नगरपालिका–९ खक्रौलाबाट नेट्राभेट ट्याब्लेटसहित टीकापुर नगरपालिका–७ का २३ बर्षिय प्रेम साउद र २४ बर्षिय बाबुराम चौधरीलाई पक्राउ हो ।
उनीहरूको शरीर चेकजाँच गर्दा प्रेम साउदले शरीरमा लगाएको कट्टु भित्र गुप्ताङ्गको भागमा लुकाई छिपाई राखेको दुई पत्ता (तीस ट्याब्लेट) फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।













