धनगढी- कैलालीमा पालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ९हिमशिखर०ले चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी हुन्।
गाउँपालिकाका अध्यक्ष उपाध्यायले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा ७ वर्षीय मेनुका भण्डारीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय, सुखडले जनाएको छ।
गाडीको ठक्करबाट भण्डारी घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। तर, गाउँपालिकाका अध्यक्ष उपाध्याय भने गाडीमा सवारी थिएनन्।
शनिवारको दिन पनि चालक रेशम आर्चायले सरकारी गाडी कुन प्रयोजनका लागि चलाएको भनेर खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। चालक प्रहरीको नियन्त्रणमा छन्। भण्डारीको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।













