धनगढी- संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धनगढीमा शनिवार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका संस्थापक अध्यक्ष मनमोहन बिष्टको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न सङ्घसंस्थाका पदाधिकारी सहित शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
सभामा आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसमा शेयर पुजी र बचतमा नियमित वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा संस्थाको कुल सेयर पुजी २ करोड ६९ लाख ८२ हजार रहेकोमा आर्थिक वर्ष २०७९८० मा शेयर पुजी बडेर ३ करोड ११ लाख २५ हजार २ सय पुगेको छ ।
यस्तै बचत तर्फ २०७८÷७९ मा २७ करोड ६ लाख ६१ हजार रहेकोमा अहिले मा २९ करोड ४० लाख ५६ हजार ४ सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा विभिन्न विद्यामा कर्मचारी तथा सेयर सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
जस मध्य उत्कट कर्मचारी तर्फ प्रियंका चौधरी, धनगढी सेवा केन्द्रबाट देवी कुमारी पाठक, बजार प्रतिनिधि सरस्वती कुमारी विष्ट, सहायक स्तरीय कर्मचारी लाल बहादुर चौधरी, आइटी फाटका कर्मचारी गीता कुमारी अवस्थितलाई पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै उत्कृष्ट इन्चार्ज तर्फ बजार इन्चार्ज राधा भट्टराई, सर्वोत्कृष्ट कर्मचारी तर्फ धनगढी शाखा केन्द्रका ऋण अधिकृत कृष्ण प्रसाद भट्टराई लाई प्रदान गरिएको थियो ।
यस्तै उत्कृष्ट बचतकर्ता लाल बहादुर साउद, फोन पे मा सबै भन्दा राम्रो काम गर्ने दीपमाला रोकाया ऐरी र उत्कृष्ट क्युआर बाट बचत गर्ने बचत कर्ता जनार्दन जोशीलाई पुरस्कार प्रदान गरिएको थियो ।
यो सँगै संस्थाको हित कोषमा आबद्ध भएका सेयर सदस्यहरू मध्य सुत्केरी महिलालाई रु तिन हजार र मृत्यु वरण गरेका सेयर सदस्य कृष्ण बहादुर डागिँ को परिवारलाई राहत स्वरूप रु ३० हजार प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा समयमै उपस्थित हुने ३० जना सेयर सदस्यलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।













