• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

अंग्रेजी माध्यमले रोक्यो विद्यार्थी

  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

धनगढी- सामुदायिक विद्यालयमा पनि अङगे्रजी माध्यमबाट पठन–पाठन गराउन पाइने भएपछि अहिले सामुदायिक विद्यालयहरूले अंग्रजी र नेपाली माध्यमबाट पठन–पाठन सुरु गरेका छन् । कैलालीको गोदावारी नगरपालिका वडा नम्बर ५ बरबट्टामा रहेको श्री नवदुर्गा आधारभूत विद्यालयले पनि यी दुवै माध्यमबाट पठन–पाठन गरिरहेको छ ।

२०६५ सालदेखि बालविकासबाट सुरुवात गरेको विद्यालयले अहिले कक्षा ५ सम्म पठन–पाठन गराउँदै आइरहेको छ । २०६५ सालदेखि २०७० सालसम्म बाल विकाससँगै कक्षा १ देखि कक्षा ३ सम्म पठाइयो र २०७१ सालदेखि कक्षा कोठा बढाएर कक्षा ५ सम्म पढाउन थालियो । पाँच वर्षसम्म नेपाली माध्यममा पठन–पाठन गराउँदै आइरहेको यस विद्यालयले २०७५ सालदेखि अंगे्रजी माध्यमबाट पठन–पाठन सुरुवात गरेको हो ।

यस विद्यालयले पिजी कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी र नेपाली माध्यमबाट पठन–पाठन गराउँदै आइरहेको छ । कुनै समय विद्यार्थी नहुँदा विद्यालय नै बन्द हुने अवस्थामा अंग्रेजी माध्यम अपनाइयो । जसले गर्दा विद्यार्थी बाहिर जान मात्रै रोकिएनन् बोर्डिङ स्कुल गएका कतिपय विद्यार्थीहरू फिर्तासमेत भए । अहिले विद्यालयमा पिजीदेखि कक्षा ५ सम्म १७० भन्दा बढी विद्यार्थी छन् ।

अंग्रेजी माध्यबाट पठन–पाठन सुरुवात गरेपछि विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गइरहेको विद्यालयका प्रधानाध्यापक वीरबहादुर बिष्टले बताउँछन् । आफ्नो विद्यालयले बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गरिरहेको भन्दै उनले भने, ‘अंग्रेजी माध्यमले विद्यार्थी बढे भने अभिभावक पनि खुसी छन् । यसलाई अझै कसरी स्तरोन्नति गर्ने भनेर सोच्न थालेका छन् ।’ अब माघ महिनादेखि दिउँसोको होस्टल सञ्चालन गर्ने तयारी पनि भइरहेको प्रधानाध्यापक बिष्टले बताए ।

No description available.

लाग्दैन शुल्क
अहिले पनि कतिपय सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागु गरेको भन्दै अतिरिक्त शुल्क लिने गरेको पनि देख्न र सुन्न पाइन्छ । तर यस विद्यालयले भने विद्यार्थीबाट एक रुपैयाँ पनि लिँदैन । अभिभावकहरूले आफ्ना बालबालिकाकाहरुका लागि बोर्डिङमा हुने पढाई सामुदायिक विद्यालयबाट निःशुल्क प्राप्त गरिरहेका छन् ।

जसले गर्दा अभिभावक पनि दंग छ । स्थानीय अभिभावक सुनिता आउजीले घर नजिकैको सरकारी स्कुलबाट बच्चाहरूले राम्रो शिक्षा प्राप्त गरिरहेकोमा खुशी व्यक्त गरिन् । ‘महँगो पैसा तिरेर बोर्डिङ स्कुलमा पढाउनु भन्दा त्यही पढाई सरकारी विद्यालयमै हुन्छ भने किन बच्चाहरूलाई बोर्डिङमा हाल्ने रु’ उनले भनिन् ।

राम्रो पढाइसँगै शुल्क पनि नलाग्ने भएपछि अहिले बोर्डिङ स्कुल भन्दा आफ्नो स्कुलमा विद्यार्थी धेरै भएको प्रधानाध्यापक बिष्टले बताए । ‘कतिपय बोर्डिङ स्कुलबाट विद्यार्थीहरू फर्केर पनि आएका उदाहरण छन् । गत वर्ष धेरै नै विद्यार्थीहरू बोर्डिङबाट फर्किएर आएका छन् । अहिले समग्रमा बोर्डिङले दिने शिक्षा हामीले यही दिइरहेका छौँ,’ उनले भने ।

No description available.

तह थप्नुपर्ने अवस्था
सुरुमा विद्यार्थीको संख्या घटन थालेपछि तल्लो कक्षाको सुधारका लागि ध्यान दिन थालियो । जसको प्रसासस्वरुप पिजीदेखि अंग्रेजी पढाउन सुरु गरियो । अहिले विद्यार्थीको आकर्षण बढेपछि माथिल्लो कक्षा थप्नका लागि लाग्नुपर्ने अवस्था आइसकेको छ । प्रधानाध्यापक विष्टका अनुसार अहिले अंग्रेजी माध्यममा पढेका विद्यार्थीहरू कक्षा ५ सम्म पुगिसकेकाले अब कक्षा बढाउनु जरुरी छ ।

विद्यालयमा अहिलेको आवश्यकता भनेको भवन नै रहेको उनले बताए । चार कोठाको भवन भयो भने कक्षा ८ सम्म पठन–पाठन सञ्चालन गर्न मिल्छ तर भौतिक पूर्वाधार नभएर खुम्चिएर बसेको उनले बताए । भौतिक पूर्वाधार हुँदा साथ कक्षा ८ सम्म पठन–पाठन गर्न पाउने अनुमति लिन सकिने उनले बताए ।

‘विद्यार्थीहरूको चाहना पनि यही पढ्न पाए हुन्थ्यो भन्ने छ । अभिभावले पनि यतै कक्षा बढाउनुपर्छ भन्ने छलफल चलाएका छन् । तर पहुँच नहुँदा सफल भइँदैन कि भन्ने लागिरहेको छ, उनी भन्छन् । विद्यालय राम्रो बनाउन समुदायका मानिसहरू पनि आएर श्रमदान गर्न गरेका छन् । स्थानीय तहले शैक्षिक सामग्री व्यवस्थापन भनेर केही खर्च दिने गरेको छ । विद्यालयको अन्य स्रोत केही नहुँदा समस्या छ, जुन कुरा अभिभावकले पनि बुझेका छन् ।

राजनीतिक पहुँचमा योजना बाडफाड हुँदा सानो स्कुल भएर आफूहरूले योजना नपाउने प्रधानाध्यापक विष्ट बताउँछन् । ‘यो भन्दा जिल्ला शिक्षा कार्यालय हुँदा आवश्यकताको आधारमा योजनाहरू दिइन्थ्यो । जहाँ विद्यालय भवनको आवश्यक छ त्यहाँ विद्यालय भवन दिइन्थ्यो । खानेपानीको योजना दिइन्थ्यो । अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भन्छ सानो विद्यालयको पहुँच नै छैन’ उनी भन्छन् ।

वडाले एक वर्षमा छुटाउने एक÷डेढ लाख रुपैयाँ केही नहुने उनको भनाइ छ । प्रदेश सरकारबाट अहिलेसम्म एक रुपैयाँ पनि नपाएको उनले दुखेसो पोखे । राज्यले ठुला विद्यालयहरूलाई नमुना विद्यालय बनाउने भन्दै रकम फालाफाल दिने गरेको भएपनि साना विद्यालयलाई केही पनि नदिने गरेको उनको दुखेसो छ ।

संघीय संरचना आएपछि विद्यालयमा एउटा पनि भौतिक संरचना नपाएको उनले बताए । यस विद्यालयमा सामान्यतया गरिबीका रेखामुनि रहेका बालबच्चाहरूको संख्या धेरै छ । उनीहरूले अधिकारका लागि आवाज उठाउनै सक्दैनन् । स्थानीय सरकार गठन भइसकेपछि अहिलेसम्म सो विद्यालयमा स्थानीय तहका प्रमुख पुग्न सकेका छैनन् । स्थानीय शिक्षकका बालबालिकाहरू पनि यसै विद्यालयमा पठन–पाठन गर्ने गरेका छन् ।

No description available.

देउसी–भैली खेलेर आर्थिक संकलन
विद्यालयले दशैँ बिदामा देउसी भैलो कार्यक्रम खेलेर अपेक्षा गरेको भन्दा बढी रकम सञ्चालन समेत गरेको उनले बताए । त्यस रकमबाट विद्यार्थीका लागि चाहिने शैक्षिक क्रियाकलापका लागि डे«सहरु किनेको र बचेको रकम विद्यालयलाई चाहिने आवश्यक सामाग्री किने उनले बताए ।

‘गरिब केटाकेटीहरू छन् । १०÷१२ जना जसलाई किताब किन देखि स्कुल डे«स किन समेत समस्या हुने । तिनीहरूका लागि सम्बन्धित निकायमा पहल गर्न गरेका छौँ,’ उनले भने । शिक्षक शिक्षिका मिलेर उनीहरूको किताब किनिदिने गरेको उनले बताए ।

  • अंग्रेजी माध्यम
सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.