धनगढी- कञ्चनपुरमा सिकारीले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित प्रगति महिला सामुदायिक वनमा पासोमा परेको चितुवाको वनकर्मीको टोलीले आज (सोमबार) उद्धार गरेको हो ।
उद्धार गरिएको चितुवा पोथी रहेको डिभिजन वनका कार्यालयका रेन्जर दुर्गेश धामीले जानकारी दिए । सामुदायिक वनमा चितुवा पासोमा परेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । वनकर्मीको टोलीले बेहोस बनाएर चितुवालाई पासोबाट निकालेको हो ।
















