धनगढी- प्रभात मिडिया एण्ड इभेन्ट प्रा।लि।ले हरेक वर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसइई आईडलको तेस्रो संस्करणका अडिसनहरू सुपका तराईका दुई जिल्लामा धमाधम आयोजना हुँदै छन् । यसै क्रममा मंगलवार धनगढीका दुई विद्यालयमा अडिसनहरू सम्पन्न भएका छन् ।
धनगढीको मनेहरामा रहेको डिलाइट ई।बो। स्कुल र पुनरबासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भन्सारमा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा अडिसनहरू सम्पन्न भएका छन् ।
विद्यार्थीहरूको फरक क्षमता अभिवृद्धिका लागि अडिसन आयोजना गरिएको कुरा डिलाइट ई।बो। स्कुलमा प्रधानाध्यापक शंकर खनालले बताए । यसै गरी अर्को अडिसन आयोजक नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक राम कुमार चौधरीले पढाइमा बाधा नपुग्ने गरी यस्ता प्रकारका कार्यक्रम निरन्तर रूपले आयोजना हुनुपर्ने कुरामा जोड दिए ।
एसइई आइडल–३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ । यस वर्ष एसइई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।
असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाइनलबाट दुवै विधामा १९१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ५०/५० हजार र रु। २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ ।
मुख्य प्रवर्द्धकका रूपमा प्रदेश युवा परिषद्, सुप रहेको एसइई आइडल३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न सङ्घसंस्थाको पनि विशेष सहयोग रहेको छ ।













