बैतडी- बैतडीमा एक महिलाको बीभत्स हत्या गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–३ को बिजुल भन्ने ठाउँका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ६१ वर्षीया हरिना विष्टलाई मंगलवार दिउँसो धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका छन् ।
विष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ । स्थानीयहरू त्रसित बनेका छन् । चन्द भने फरार छन् । मानसिक सन्तुलन ठिक नभएका चन्दले विष्टको घरमै गएर सब्बल, हँसिया लगायतका धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गरेका हुन् ।
घरमा कोही नभएको मौका छोपेर गएका चन्दले विष्टको हत्या गरेपछि गोठका दुई वटा बाख्रा पनि मारेको स्थानीय भुवन भट्टले जानकारी दिए ।
घटनास्थल तर्फ प्रहरी गइरहेको छ ।













