नरेन्द्र रावल/अछाम– जिल्लाको मध्यपहाडी लोक मार्ग अन्तरगत मंगलसेन नगरपालिका- ७ सिजाडाँडामा जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन ।
बाजुराबाट सुर्खेतका लागि छुटेको भे १ च २५७६ नम्बरको जीप मध्य पहाडी लोक मार्ग अन्तरगत अछामको सिजाडाँडा नजिक दुर्घटना हुँदा १४ जना घाईते भएका हुन ।
घाईते हुनेमा हुँम्ला निवासी गाडी चालक बर्ष ३५ का काबु लामा, बर्ष ४ का प्रिन्स फडेरा, बर्ष १ कि प्रतिज्ञा फडेरा, बर्ष ४० का रत्न फडेरा, बर्ष ५५ का पूर्णबहादुर रावल, बर्ष ५२ का कुशे कार्की, बर्ष ४५ की रामसिला फडेरा, रहेकाछन ।
त्यसैगरी हुम्ला जिल्लाकै बर्ष ४० की रुपा कार्की, बर्ष २२ की दिब्या रावल, बर्ष १० का धर्म फडेरा, बर्ष ६० की मैना रावल, बर्ष ९ की रंजिता रावल, बर्ष २४ का हिराजन कार्की, बर्ष २ की नम्रता फडेरा रहेकका छन ।
गाडी चालक काबु लामा सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटना बारे थप अनुसन्धान भैरहेको अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।
घाईते मध्यका बर्ष ४ का प्रिन्स फडेरालाई सुर्खेत रिफर गरिएको र अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल अछाममा भै रहेको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रबि यादवले जानकारी दिए ।













