कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भानु माध्यमिक विद्यालयबाट चोरीएका क्यामेरा फेला परेका छन् । चोरी भएका सिसिटीभि क्यामेरा सडक छेउमा फालेको अवस्थामा भेटिएका हुन् । क्यामेरा दोधारा चाँदनी नगरपालिका–९ हरिचोक नजिक सडक छेउमा फालेको अवस्थामा भेटिएको प्रहरी जनाएको छ।
शुक्रबार राती भानु माविको मूल गेट र विद्यालय परिसरमा जडित ९ ओटा सिसिटीभि क्यामेरा चोरी भएका थिए । चोरी भएका मध्ये चार ओटा सिसिटीभि क्यामेरा सडक छेउमा भेटिएको प्रहरीले जनाएको छ । बुधबार बिहान सडक किनारमा फालेका उक्त क्यामेराहरु देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।













