• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीका नगर प्रमुखले एकलौटी गरेको भन्दै कार्यपालिका सदस्यहरूको विरोध

  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित

कैलाली- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले एकलौटी निर्णय गरेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध जनाएका छन् । आइतबार उपमहानगरपालिका पत्रकार सम्मेलन गर्दै उपस्थित वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्डमा मेयर हमालले एकलौटी गरेको आरोप लगाए ।

मंसिर २४ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयरले एजेन्डा बिना धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि २०८० को प्रस्ताव प्रवेश गराएको वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले बताए । उनले उक्त प्रस्तावमा आफूहरूलाई पर्याप्त छलफल नै गर्न नदिएर राजपत्रमा प्रकाशित गरेको आरोप लगाए ।

‘बहुमत सदस्यहरूले पारित गरेपछि मात्रै उक्त कार्यविधि पारित हुनुपर्ने हो । हामीले त्यस दिन यसमा थप छलफल आवश्यक छ भनेका थियौँ’, उनले भने, ‘हामीले पारित नै नगरेको कार्यविधि मेयरले एकलौटी गरेर राजपत्रमा प्रकाशित गर्नु भयो ।’

उनले पैतृक सम्पत्तिमा के गर्ने,२० फिटको सडकका विषयमा के गर्ने, भन्ने विषयमा विवाद भएको हुँदा अर्को बैठकमा छलफल गर्ने सहमति हुँदाहुँदै राजपत्रमा प्रकाशित गरेको भन्दै मेयरको विरोध गरे । उनले पछिल्लो समय मेयर हमालबाट एकलौटी हुँदै गरेको भन्दै आफूहरू पनि जन निर्वाचित भएको स्मरण गराएका थिए ।

‘हामीलाई पनि धनगढी राम्रो बनाउनु छ । मेयर एक्लैले धनगढी राम्रो बनाउने होइन । हामीलाई पनि जनताले जिताएर यहाँ पठाएका हुन्’ उनले भने ‘हामीले उहाँलाई कहिल्यै बाधा पुराएका छैनौँ तर, हामीले जनताको पक्षमा बेल्दा त उहाँले सम्बोधन गरिदिनु प¥यो । ’ एक साता बढी समय देखी आफूहरूले उक्त कार्यविधिमा विरोध जनाउँदा पनि मेयरले चासो नदिएको उनको गुनासो थियो ।

पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले आफूहरूलाई मेयर हमालले कार्यपालिका बैठकमा बोल्न समेत नदिने गरेको गुनासो गरे । लामो समय देखी मेयरलाई समस्या समाधान गर्न बोलाउँदा पनि आलटाल गर्ने गरेको उनले गुनासो पोखे । वडा नम्बर ९ का वडाध्यक्ष प्रेम भण्डारीले कार्यपालिका बैठकको निर्णय सोही दिन लेख्नु पर्ने माग गरे ।

‘आज निर्णय गरेर दुई्चार दिन पछि लेख्ने कुरा हुँदैन’ उनले भने ‘आज निर्णय भएपछि आजै लेख्नु पर्छ ।’ धनगढीमा भने मेयरले दुई चार दिन पछि निर्णय लेख्ने र आफूहरूलाई त्यस विषयमा जानकारी नगराउने गरेको उनले गुनासो पोखे । ११ नम्बरका अध्यक्ष रुप बहादुर कुँवरले मेयर हमालले एकपक्षीय रूपमा कार्यविधि कार्यपालिका बैठकमा ल्याएको आरोप लगाए । उनले एजेन्डा विना कार्यपालिका बैठकमा प्रस्ताव ल्याएर मेयरले एकलौटी गरेको बताए ।

वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुड्भरीले जग्गा सम्बन्धी कार्यविधि २०८० प्रक्रिया नै नपुराएर राजपत्रमा प्रकाशित गरिएको आरोप लगाए । ‘ऐन कानुन नियमावली र कार्यविधि कि सर्वसम्मत कि बहुमतबाट पारित भएपछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ’ उनले भने ‘यहाँ त्यो भएकै छैन मेयरले हतारमा राजपत्रमा प्रकाशित गर्नु भयो ।’

आफूहरूले कुनै पनि बुँदामा राम्ररी अध्ययन गर्न नपाएको उनले गुनासो गरे । विधान मस्यौदा समितिमार्फत कार्यविधि आउनु पर्नेमा मेयरले एजेन्डामै नराखेर कार्यविधि ल्याएको र पारित नहुँदै राजपत्रमा प्रकाशित गरेको उनको आरोप थियो ।उनी उक्त कार्य विरुद्ध सशक्त विरोध गर्ने जनाए ।

मंसिर २५ गते राजपत्रमा प्रकाशित भएको कार्यविधिबारे सुरुबाटै विरोध भइरहेको छ । यस विषयमा केही दिन पहिले बहुमत कार्यपालिका सदस्यहरूले खारेजीको प्रस्ताव पनि दर्ता गराएका छन् । तर, त्यसपछि बैठक भने बस्ने सकेको छैन ।

जग्गा सम्बन्धी कार्यविधि २०८० खारेजीको लागि कार्यपालिका सदस्यहरूले निर्णय गरेकै साँझ मेयर हमालले भने आफू उक्त कदमबाट पछि नहट्ने बरु राजीनामा दिन तयार हुने अभिव्यक्ति भिडियो सन्देश मार्फत दिएका थिए । सबैबीच उक्त जग्गा प्लटिङ कार्यविधि विरुद्ध सर्वोच्चमा रिट समेत परिसकेको छ ।

 

  • एकलौटी
आइतबार, पुष ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.