• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

भारतीय बस्ती पसेको गैंडा हात्ती परिचालन गरेर फर्काइयो

  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित

कञ्चनपुर- मंसिर दोस्रो सातातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बयस्क भाले गैंडा भारततर्फ प्रवेश गर्‍यो । यतिबेला निकुञ्जमा घाँस सुक्न थालेको छ । अन्यबेला जस्तै प्रशस्त चरन क्षेत्र छैन । सँगै जोडिएको भारत उत्तर प्रदेशको लखिमपुर जिल्लाको टाटरगञ्ज क्षेत्रमा बाक्लो बस्ती छ । उक्त क्षेत्रमा गहुँ र उखु चर्नका लागि गैंडा उक्त क्षेत्रमा गएको निकुञ्ज कर्मचारीहरु बताउँछन् ।

मंसिर १४ मा भारततर्फको बस्तीमा गएको गैंडालाई निकुञ्जमा फर्काउन झण्डै दुई साता लाग्यो । भारततर्फका वन विभागका कर्मचारीसँग समन्वय गरेर हात्ती परिचालन गरेर गैंडा फर्काइएको हो । ‘उतापट्टि गहुँ र उखु खान पाएपछि फर्काउनै गाह्रो भयो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले भने, ‘दुईरदुई पटक हात्ती परिचालन गरेर फर्काउन सकियो ।’

वरिष्ठ संरक्षण अधिकृत भट्टराईका अनुसार मंसिर १७ मा दुई हात्ती र निकुञ्जका कर्मचारीले गैंडा फर्काएर ल्याए । फेरि बस्तीतिरै पस्यो । २६ गते फेरि ४ हात्ती परिचालन गरेर फर्काइयो । ३० नम्बर सीमा स्तम्भ क्षेत्रबाट गैंडा बस्तीमा पसेको थियो । उक्त क्षेत्रमा गैंडाको शिकार हुन सक्ने पनि जोखिम थियो । यसका लागि भारततर्फका वन विभागका कर्मचारीसँग पनि समन्वय गरिएको थियो ।

गैंडाको पछाडिपट्टिको भागमा घाउ पनि भएको छ । निकुञ्जमा गैंडाहरु जुँधेर भागेको पनि हुन सक्ने अनुमान गरिएको छ । अहिले उक्त गैंडाको नियमित अनुगमन भइरहेको छ । घाउको विषयमा पनि रेखदेख भइरहेको छ । ‘घाउ निको नभएमा डार्ट गरेर पनि उपचार गर्नुपर्ने हुन्छ,’ वरिष्ठ संरक्षण अधिकृत भट्टराईले भने, ‘अहिले अवस्था धेरै जोखिमपूर्ण छैन ।’

हिउँदमा घाँस सुकेर आहारा खोज्दै गैंडालगायत वन्यजन्तु बस्ती तर्फ पस्न सक्छन् । यसैगरी गैंडाहरु आपसमै जुँधेर पनि भाग्दै बस्तीसम्म पुग्ने गर्छन् । यस्तो अवस्थामा समयमै निकुञ्जमा फर्काउन नसके शिकार हुने तथा आक्रमण हुने जोखिम रहन्छ । शुक्लाफाँटामा पछिल्लो गणना अनुसार गैंडाको संख्या २० पुगेको छ ।

सन् १९९५ मा रानीताल क्षेत्रमा एउटा रैथाने गैंडा देखिएपछि निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्थानान्तरणका लागि अध्ययन सुरु गरेको थियो । अध्ययले गैंडाको बासस्थान र आहाराको राम्रो सम्भावना देखियो । सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट ४ वटा बयस्क गैंडा स्थानान्तरण गरियो । २०१० मा यहाँ गैंडाको संख्या १० पुग्यो ।

सन् २००० मा गरिएको स्थानान्तरण सफल भएपछि र यहाँ गैंडाको बासस्थान र आहाराको उपलब्धता राम्रो देखिएपछि २०१७ मा थप ५ वटा गैंडा चितवनबाट स्थानान्तरण गरियो । २०२१ को राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या १७ पुगेको थियो । २०२२ मा गरिएको गणनामा यहाँ २० वटा बयस्क गैंडा भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा गैंडासँगै बाघ र कृष्णसारको संख्या निरन्तर बढ्दै गएको छ । एकातर्फ संरक्षित क्षेत्रमा वन्यजन्तुको संख्या बढ्दै जानु र अर्कोतर्फ निकुञ्जकै कोर एरियामा बस्ती हुँदा समेत वन्यजन्तुको विचरणमा समस्या देखिन थालेको छ ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाको पुर्नस्थापना नहुँदा अहिले पनि विस्थापित परिवार निकुञ्जको कोर एरिया (ढाक्का शिविर) मा बसिरहेका छन् । पछिल्लो राष्ट्रिय बाघ गणनामा समेत निकुञ्जको बिस्तारित क्षेत्रमा बाघको विचरण निकै कम भएको देखिन्छ । कोर एरियामै बाक्लो बस्ती भएका कारण यस्तो समस्या आएको हुन सक्ने संरक्षणकर्मी बताउँछन् । पछिल्लो राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ पुगेको छ । कान्तिपुरबाट

  • हात्ती परिचालन
सोमबार, पुष ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.